सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते « Khabarhub

सरकारी गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङमा सरकारी गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा २ झ ४५४६ नम्बरको स्कारपियोले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाइकललाई लमही नगरपालिका–७ वनगइ जंगलमा ठक्कर दिएको थियो।

लमही नगरपालिका–९ तेलिया निवासी ३३ वर्षीय मोटरसाइकल चालक अमृत राजकोटी र सोही ठाउँ निवासी ५२ वर्षीय मानबहादुर कुमाल गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। यतिबेला घाइतेहरूलाई लमही अस्पताल लगिएको छ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ७ : १५ बजे

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ