मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र « Khabarhub

मिटरब्याजसम्बन्धी दुई हजार पाँच सय २० उजुरीमा मिलापत्र


१४ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –अनुचितल लेनदेन (मिटरब्याज) सम्बन्धी अहिलेसम्म विभिन्न ५५ जिल्लामा कूल २३ हजार नौ सय ६१ उजुरी दर्ता भएको छ ।

गृह मन्त्रालयका अनुसार दर्ता उजुरीमध्ये अहिलेसम्म दुई हजार पाँच सय २० वटा उजुरीमा मिलापत्र टुङ्गिएको छ । मन्त्रालयका सूचना अधिकारी उपसचिव उमाकान्त अधिकारीले हालसम्म २२ जिल्लाबाट मिटरब्याजसम्बन्धी उजुरी नपरेको जानकारी दिए ।

उनका अनुसार मिलापत्रमा टुङ्गिएका उजुरीमा कूल एक अर्ब २० करोड ४६ लाख २४ हजार आठ सय १२ कारोबार भएको उल्लेख थियो । त्यही पीडितहरुमाथि साहुले भने दुई अर्ब २२ करोड २५ लाख ९२ हजार एक सय ९९ माग दाबी गरेको भेटिएको छ ।

त्यसमध्ये अहिलेसम्म रु ८४ करोड ३६ लाख ८३ हजार ३४ लेनदेन गर्ने गरी मिलापत्र भएको अधिकारीले बताए । मिलापत्र गरेर कूल ७१ बिघा, १९ कठ्ठा, १० धुर जग्गा साहुबाट फिर्ता भएको पनि मन्त्रालयका सूचना अधिकारी एवं उपसचिव अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  १० : ५९ बजे

बागलुङमा धान उत्पादन बढ्यो

बागलुङ– यस वर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

यस्तो रहने छ आजको मौसम

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव अधिकारको पूर्ण कार्यान्वयन गर्नु अपरिहार्य आवश्यकता : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

सार्कको ४०औँ वार्षिकोत्सव मनाइयो 

काठमाडौं– दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)को बडापत्रमा हस्ताक्षर गरेको

च्याम्पियन्स लिग : एटलान्टासँग चेल्सी पराजित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा चेल्सी पराजित