अमेरिकी कम्पनी एएमडीले भारतमा ४०० मिलियन डलर लगानी गर्ने  « Khabarhub

अमेरिकी कम्पनी एएमडीले भारतमा ४०० मिलियन डलर लगानी गर्ने 


१५ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिप बनाउने अमेरिकी कम्पनी एडभान्स्ड माइक्रो डिभाइस (एएमडी) ले आगामी पाँच वर्षमा भारतमा ४०० मिलियन डलर लगानी गर्ने घोषणा गरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितमा शुक्रबार सुरु भएको सेमिकन्डक्टरसम्बन्धी सम्मेलनमा कम्पनीका प्रमुख प्राविधिक अधिकृत मार्क पेपरमास्टरले भारतको बैंगलुरुमा सबैभन्दा ठूलो डिजाइन सेक्टर निर्माण गर्ने बताए ।

भारतीय अखबार द हिन्दूले जनाएअनुसार कम्पनीले आफ्नो डिजाइन सेन्टरको यसवर्षको अन्त्यमा सुरुवात गर्नेछ । आगामी ५ वर्षमा ३ हजार नयाँ इञ्जिनियरिङ क्षेत्रको जागिर सिर्जना गर्ने प्रमुख प्राविधिक अधिकृत मार्कले बताए । 

यस्तै सो अवधिमा ५ लाख स्क्वायर फुटमा एएमडीको नयाँ डिजाइन सेन्टरको सुरुवात हुनेछ । यो सुरुवात हुँदा भारतमा एएमडीका १० कार्यालय रहनेछन् ।

उनले भनेका छन्, ‘भारतीय टोलीले उच्च क्षमता र समस्याको समाधान गर्ने किसिमका चिपहरुको निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेछ । यसले विश्वभरमै एएमडीका ग्राहकहरूलाई सहयोग पुग्नेछ ।’

प्रकाशित मिति : १५ श्रावण २०८०, सोमबार  २ : ०१ बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र