संसदको अवरोध फुकाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै « Khabarhub

संसदको अवरोध फुकाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

संसदको गतिरोध हटाउने विषयमा छलफल गर्न आज मध्याह्न १२ बजे नयाँ बानेश्वरमा समितिको बैठक बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अडानप्रति सत्तापक्ष असहमत भएपछि सरकारकै आग्रहमा सभामुख देवराज घिमिरेले हिजो बोलाएको प्रतिनिधिसभा बैठक आजका लागि सारेका थिए ।

१०० किलो सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद बैठ चल्न नदिने अडान राख्दै आएको छ ।

एमालेले सत्ता पक्षकै मन्त्री र कर्मचारीको सेटिङमा सुन तस्करी भएको बताउँदै आएको छ। सत्ता पक्षकै नेताहरु तस्करीमा संलग्न भएकाले हालको अनुसन्धानबाट निष्कर्षमा पुग्न कठिन हुने उनीहरुको भनाई छ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १० : ४३ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर