बालुवाटार अगाडि उपकरण तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन « Khabarhub

बालुवाटार अगाडि उपकरण तेर्स्याएर निर्माण व्यवसायीको प्रदर्शन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्माण व्यवसायीहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । निर्माण उपकरण तेर्स्याएर व्यवसायीले प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन गरेका हुन् ।

विभिन्न ९ बुँदे माग राख्दै उनीहरुले निर्माण कार्यको भुक्तानी समयमै हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट म्याद थप हुनुपर्ने भन्दै प्रदर्शन गरेका हुन् ।

अत्यधिक रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन गरिनुपर्ने, अन्योलग्रस्त र बजेट नभइ काम हुन नसक्ने रुग्ण आयोजनाहरु एवं काबु बाहिरका निर्माण कार्य सुविस्ताको आधारमा अन्त्य गर्नुपर्ने व्यवसायीको माग छ ।

उपभोक्ता समितिबाट निर्माण कार्य गर्ने व्यवस्था खारेज गरिनुपर्ने र पूर्वाधारसँग सम्बन्धित सार्वजनिक खरिद ऐन,नियम व्यवसायीमैत्री हुनुपर्ने उनीहरुको माग छ । यसअघि सोमबार पनि उनीहरूले बालुवाटारमा विरोध प्रर्दशन गरेका थिए।

व्यवसायीहरुले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, जस्ता नारा लेखिएका प्लाकार्डसहित प्रदर्शन गरेका हुन् ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  १२ : ३५ बजे

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

काठमाडौं – नेकपा (एमाले)को नयाँ नेतृत्वका लागि भएको मतदान सम्पन्न

एउटै वडाका ५३८ घरमा पानीको घारा

बागलुङ– गण्डकी प्रदेश सरकारको सबै घरमा खानेपानीको धारा पु¥याउने अभियानअन्तर्गत

एमाले महाधिवेशनको मतदान सकियो: २२२७ मत खस्यो, ३६ अनुपस्थित

काठमाडौं – बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर– बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन