अपेक्षित नतिजा हासिल गर्न असफल चीनको बीआरआई « Khabarhub

अपेक्षित नतिजा हासिल गर्न असफल चीनको बीआरआई


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाललाई अतिकम विकसित मुलुकबाट स्तरोन्नती गर्न चीनको वान बेल्ट वान रोड (ओबोर) अर्थात् बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले मद्दत गर्ने अपेक्षा थियो । यद्यपि अपारदर्शीता, अस्पष्टता र चीनका तर्फबाट प्रतिबद्धताको अभावका कारण यस परियोजनाको असफलताले यो अपेक्षा अपेक्षामै सीमित हुने देखिएको छ ।

केही समयअघि चिनियाँ राजदूत छन सोङले बीआरआईमार्फत् पोखरा विमानस्थलको निर्माण गरिएको बताएका थिए । चार्टर उडानमार्फत पोखरा विमानस्थलमा अवतरण गरिएको सिचुवान एअरको विमानलाई स्वागत गर्ने समारोहमा उनले चिनियाँ ऋण लगानीमा निर्माण गरिएको पोखरा विमानस्थल बीआरआई अन्तरर्गत रहेको उल्लेख गरेका थिए । यद्यपि परराष्ट्रमन्त्री एनपी साउदले चिनियाँ राजदूतको दाबीको खण्डन गरे । मन्त्री साउदले नेपालले बीआरआई सम्झौतामा हस्ताक्षर गरेपनि लागू नभएको बताएका थिए ।

अतिकम विकसित मुलुकबाट स्तरोन्नती हुनका लागि नेपालले मानव पुँजीको विकास, अर्थतन्त्रको विविधीकरण, आर्थिक क्षमता विकासजस्ता विषयमा ध्यान दिनुपर्ने हुन्छ । चीनको ओबोर परियोजनाबाट नेपाललाई यस्तै सहयोग मिल्ने अपेक्षा थियो ।

जलविद्युत र पर्यटनमा निर्भर नेपालमा पूर्वाधार र मानव स्रोतको विकास गर्न पुँजीको अभाव छ । पुँजीको अभावका कारण चीनको ओबोर परियोजना नेपालका लागि आकर्षक अवसर हुनपुग्यो । नेपालले ओबोरमा सन् २०१७ मा हस्ताक्षार गरेको थियो ।

यो महत्वकांक्षी परियोजनालाई राष्ट्रपति सी जिन्पिङको विदेश नीतिसँग पनि जोडेर हेरिन्छ । यस परियोजनाले रेलमार्ग, सडकमार्ग, पुल, विमानस्थल, बाँध, ऊर्जा केन्द्रलगायतका पूर्वाधारको विकासमा जोड दिन्छ । यद्यपि हालको अवस्थामा यस परियोजनाले अपेक्षित नतिजा हासिल गर्न सकेको छैन भने यसमा सहभागी कतिपय मुलुकहरु ऋणको पासोमा फस्दै पनि गइरहेका छन् । नेपालका लागि यो चिन्ताको विषय हो ।

सन् २०१७ मा नेपालका लागि चिनियाँ राजदूत यु होङ र परराष्ट्र सचिव शंकरदास बैरागीले ओबोर परियोजनाको एमओयूमा हस्ताक्षर गरेका थिए । यसबाट चिनियाँ लगानी भित्रिने नेपाली पक्षको अपेक्षा थियो ।

एमओयूमा हस्ताक्षर भएको ५ वर्षपछि मार्च २०२२ मा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा दुई मुलुकबीच थप नौ सम्झौता भए । नेपालमा चिनियाँ सहयोगमा पहिलेदेखि नै सञ्चालनमा रहेका पूर्वाधारका परियोजनालाई पनि चीनले बीआरआईसँग जोड्ने गरेको छ ।

यद्यपि मन्त्री साउदका अनुसार बीआरआईमार्फत् नेपालमा कुनै पनि परियोजना पूरा भएका छैनन् । नेपालमा बीआरआईका परियोजना अपेक्षाभन्दा सुस्त गतिमा सञ्चालन भइरहेका छन् । चीनबाट नेपालले अपेक्षित लगानी पनि भित्र्याउन सकेको छैन ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : ०० बजे

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले आगामी १० वर्षका लागि तयार गरेको नगर

तनहुँ जलविद्युत आयोजनाको काम तीव्र गतिमा (तस्बिरहरू)

तनहुँ– नेपाल विद्युत प्राधिकरणको पूर्ण स्वामित्वमा रहेको तनहुँ हाइड्रोपावर लिमिटेड

फिफा विश्वकप : अन्तिम १६ को समीकरण पूरा

काठमाडौँ- फिफा विश्वकप फुटबल २०२६ को नकआउट चरणका खेलहरु सकिएसँगै

वन उद्यममा जोडिँदै नवलपुरका महिला

नवलपरासी– वनमा खेर जाने वन पैदावारको सदुपयोग गर्दै नवलपुरका महिलाले

ट्राफिक कारबाहीमा एकै दिन २० लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकै दिन दुई हजार सवारी चालकलाई सवारी