इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु « Khabarhub

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको र सयौँ जना विरामी परेको इरानी स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयको जनसम्पर्क प्रमुख होसेन केरमानपोरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा शनिबार पोस्ट गरेको जानकारीमा यस अवधिमा देशभरका स्वास्थ्य केन्द्रहरूमा विषालुपनका लक्षणसहित ८६५ जना (७४६ पुरुष र ११९ महिला) उपचारका लागि आएको बताए । 

उनले दक्षिणी होर्मोजगान प्रदेशमा सबैभन्दा बढी १० जनाको मृत्यु भएको जनाए । 

त्यसपछि उत्तरपूर्वी खोरासान रजावी प्रदेशको नेइशाबुर काउन्टीमा छ जना र दक्षिणी फार्स प्रदेशको शिराजमा पाँच जनाको मृत्यु भएको छ । 

केरमानपोरका अनुसार हाल १६० जना अस्पतालमा भर्ना छन्, जसमध्ये २४ जनालाई अस्पतालको सघन उपचार कक्षमा राखी उपचार गरिएको छ ।

आठ जनामा मदीराका कारण मस्तिष्कघातको सङ्केत भेटिएको थियो । इरानमा मादक पेय पदार्थ उत्पादन, बिक्री र सेवन अवैध मानिन्छ । रासस
 

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ११ : १५ बजे

सानिमा बैंकका कर्मचारी थापा र ढकालको बढुवा

काठमाडौं– सानिमा बैंक लिमिटेडले दुई वरिष्ठ कर्मचारीको बढुवा गरेको छ

जङ्गलमै बास बसेर सोवाङधुरी जोड्ने पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलाका बासिन्दाले जङ्गलमै बास बसेर पर्यटकीयस्थल

तोलामा २ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी

इरानमा ‘कमसल’ मादक पेय पदार्थ सेवनबाट ३२ जनाको मृत्यु

तेहरान– इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ

सुनको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । नेपाल