हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालन « Khabarhub

हेटौँडा औद्योगिक क्षेत्रमा १०५ वटा उद्योग सञ्चालन


१६ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक एक सय पाँच वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् ।

उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योगसहित नौ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ ।

सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये सात वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ ।

यसैगरी, सो औद्योगिक क्षेत्रमा अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख रहेका छन् ।

यस्तै, उक्त परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक भोजराज विनाडीले जानकारी दिए ।

हाल औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ हजार जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।

उनले नेपाल सरकारद्वारा स्थापना गरिएको हेटौँडाको मयुरधापमा स्थापित नयाँ औद्योगिक क्षेत्रमा चालु आर्थिक वर्ष २०८०/०८१ भित्रै नयाँ उद्योग स्थापना गर्ने क्रममा सम्बन्धित उद्योग व्यवस्थापनको मागबमोजिम जग्गा उपलब्ध गराउनेतर्फ प्रक्रिया सुरु भइरहेको बताए।

तत्कालीन श्री ५ को सरकारले विसं २०२० साल मङ्सिरमा हेटौँडामा औद्योगिक क्षेत्रको स्थापना गरेको थियो । हाल उक्त औद्योगिक क्षेत्रभित्र करिब नौ सय ५५ रोपनी जग्गा नयाँ उद्योग स्थापनाका लागि राखिएको र नयाँ उद्योगले जग्गा प्राप्तिको लागि निवेदन दिँदै आएको पनि प्रबन्धक विनाडी जानकारी दिए ।

प्रकाशित मिति : १६ श्रावण २०८०, मंगलबार  ९ : २६ बजे

समीरले सुरु गरे ‘१२ गाउँ २’को सुटिङ

काठमाडौं – डेब्यू फिल्म ‘१२ गाउँ’बाट चर्चामा आएका नायक समीर

वर्षासँगै घट्यो उपत्यकाको प्रदूषण

काठमाडौं– वर्षा र हावाहुरीका कारण काठमाडौँ उपत्यकाको वायु गुणस्तरमा उल्लेख्य

सुकुम्वासी विस्थापन र प्रेसमाथि ‘नाकाबन्दी’विरुद्ध नेकपा (संयुक्त)को सडकमै पत्रकार सम्मेलन

काठमाडौं– नेकपा (संयुक्त)ले सुकुम्वासीहरूको अमानवीय विस्थापन र प्रेस क्षेत्रमाथि भइरहेको आर्थिक

पूर्णबहादुरसँग गगन-विश्वको एक घण्टा संवादपछि सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक

काठमाडौं- नेपाली कांग्रेसमा देखिएको विवादको निकास अझै ननिस्किएका बेला बुधबार

होर्मुजमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण, चालक दलका केही सदस्य घाइते

तेहरान- मध्यपूर्वमा बढ्दो तनावबीच होर्मुज जलडमरूमा फ्रान्सेली कार्गो जहाजमाथि आक्रमण