भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो « Khabarhub

भागबन्डा नमिल्दा कोशीका मुख्यमन्त्रीको शपथ रोकियो


१७ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेशमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबन्डामा कुरा नमिल्दा नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण कार्यक्रम प्रभावित भएको छ ।

हिजो साँझ प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीमा नियुक्त थापाले आज बिहान साढे १० बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको थियो ।

तर दलहरुबीच भागबन्डामा कुरा नमिले पछि शपथ ग्रहण कार्यक्रम साँझ ५ बजेका लागि सारिएको छ ।

मुख्यमन्त्री थापाले चार सदस्यीय मन्त्रिपरिषद् बनाउँदै शपथ लिने तयारी गरेका थिए । तीन मन्त्री नियुक्त गर्ने र पछि जिम्मेवारी तोक्ने मुख्यमन्त्री थापाको तयारी थियो ।

तर, मन्त्रालयको जिम्मेवारी नतोकी बिना विभागीयको हैसियतमा शपथ नलिने गठबन्धनमा आवद्ध दलहरुले अडान लिएपछि शपथको कार्यक्रम पछि सरेको हो ।

सभामुखबाट हिजो राजीनामा दिएका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८०, बुधबार  १२ : ५६ बजे

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत

बयान दिन रमेश लेखकलाई कांग्रेस नेताहरूको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका नेताहरूले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयान दिन

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

नागरिकसँगको सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं– प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ

कांग्रेसले प्रदेश सभाको बन्दसूचीका १९ जनाको नाम हटाउने

काठमाडौं– नेपाली काङ्ग्रेसले २०७९ को निर्वाचनमा विभिन्न प्रदेशसभाको समानुपातिक प्रणालीको