असुरक्षित गर्भपतन गराउँदा अविवाहित युवतीको मृत्यु | Khabarhub Khabarhub

असुरक्षित गर्भपतन गराउँदा अविवाहित युवतीको मृत्यु


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– असुरक्षित रुपमा गर्भपतन गराउँदा पर्सामा एक अविवाहित युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्साको पोखरिया नगरपालिका–६ की २० वर्षीया एक किशोरी छन् । प्रहरीका अनुसार आफ्ना प्रेमीसँगको शारीरिक सम्पर्कपछि रहेको गर्भ पतन गराउन ती युवती सीमावर्ती भारतीय शहर रक्सौल गएकी थिइन् ।

रक्सौलमा असुरक्षित रुपमा गर्भपतन गराएपछि गम्भीर बिरामी भएकी युवतीको वीरगन्जस्थित वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले असुरक्षित रुपमा गर्भपतन गराएको अभियोगमा युवतीका प्रेमी पर्साको पोखरिया नगरपालिका–६ घर भएका सिकेन्द्र प्रसादलाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

प्रहरीले सिकेन्द्रविरुद्ध ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १० : ३२ बजे

सौर्य जहाज दुर्घटना पीडितका प्रश्नै प्रश्न, गृहमन्त्रीले भने : फेरि जाँच हुनुपर्छ, सहयोग गर्छु

काठमाडौँ– सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको न्यायिक जाँच गर्न माग गर्दै

रुसको रियाजानमा कारखाना विस्फोट : २० जनाको मृत्यु, १३४ घाइते

एजेन्सी – रुसको रियाजान क्षेत्रको शिलोभ्स्की जिल्लामा अवस्थित एक कारखानामा

बोको हरामका संस्थापकका छोरा चाडबाट पक्राउ

एजेन्सी– बोको हरामका संस्थापकका कान्छा छोरालाई चाडबाट पक्राउ गरिएको छ

नेपाल र चीनका तीन गाउँबीच ‘जीवन्त गाउँ परियोजना’मा सम्झौता

काठमाडौं– चाइना फाउन्डेसन फर रूरल डेभलपमेन्ट (सिएफआरडी)को १०औँ वार्षिकोत्सवका अवसरमा