रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता « Khabarhub

रायो र मूलाखेती प्रवर्द्धन गर्न टेम्केमैयुङद्वारा खरिद पूर्वसम्झौता


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ । गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको हो ।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ । कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ ।

किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्वसम्झौता गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी रायो ५०० टन र मूला ५०० टन खरिद गरिनेछ ।

‘किसानलाई उत्पादनमा मात्र नभएर उत्पादित वस्तुको बजार सुनिश्चिततामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ’, अध्यक्ष बस्नेतले भने, ‘त्यसैले उत्पादन गर्नुअघि नै खरिद गर्ने पक्षसँग सम्झौता गरेका हौँ । यसले किसानलाई आफ्नो उत्पादन बिक्री हुने सुनिश्चिततासहित व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गर्नेछ ।

गाउँपालिकाले किसानलाई आवश्यक बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिबारे प्राविधिक सहयोग गर्ने जनाएको छ । उत्पादनको परिमाण बढाउँदै किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले रायो र मूलालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए ।

उनका अनुसार किसानलाई बीउ वितरण, उत्पादनमा प्राविधिक सहजीकरण तथा बजारीकरणमा सहकार्य गर्ने गरी कार्यक्रम अघि बढाइएको हो । उत्पादन भएका कृषि उपजले उचित मूल्य नपाउने तथा बजारको अभाव हुने समस्या समाधान गर्न खरिद पूर्वसम्झौता महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । किसानलाई उत्पादनमा प्रोत्साहनसँगै उनीहरूको उपजको उचित मूल्य प्राप्त हुने वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ ।

रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर स्थानीय किसानको आम्दानी वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीको निर्भरता घटाउने लक्ष्य गाउँपालिकाले राखेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ११ : २३ बजे

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच

आश्विन कृष्ण औँसी : पितृ पक्ष समापन, गोकर्णेश्वरमा श्राद्ध गर्नेको घुइँचो

काठमाडौं – प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृपक्ष

सरकारी सफ्टवेयर र हार्डवेयर खरिदसम्बन्धी अध्ययन गर्न समिति गठन

काठमाडौं – भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन