टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड « Khabarhub

टीकापुरको केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

टीकापुर– कैलालीको टीकापुर–३ शंकरपुरस्थित केदारेश्वर आधारभूत विद्यालयमा तोडफोड भएको छ। शनिबार राति अज्ञात समूहले तीन वटा कक्षाकोठाको ढोका फोडेर डेस्कबेन्च तोडफोड गरेको हो।

विद्यालयका प्रधानाध्यापक बद्री भट्टराईका अनुसार तीन कोठाका १० थान डेस्क-बेच्न र झ्याल-ढोकामा तोडफोड गरिएको छ। तोडफोडबाट करिब ३० हजार बराबरको क्षति पुगेको उनले बताए।

‘विद्यालय शिक्षा प्रदान गर्ने थलो हो । सामुदायिक विद्यालय त झनै सबैको साझा सम्पत्ति हो। यसरी विद्यालयको सम्पत्ति तोडफोड गर्दा कसैलाई फाइदा पुग्दैन । यो एकदमै निन्दनीय घटना हो । दोषीमाथि कडा कारबाहीको माग गर्दछौँ,’ भट्टराईले भने । विद्यालयमा पटकपटक यस्ता घटना दोहोरिने गरेको उनले बताए।

आफू प्रअ भएर आइसकेपछि यो चौथो पटक विद्यालयमा तोडफोड भएको उनको भनाइ छ। ‘एक जना विद्यार्थीको झोला पनि छुटेको रहेछ। त्यो झोला र झोलामा रहेका सबै पुस्तक तथा कपिहरू पनि च्यातच्युत पारिएको छ,’ उनले भने ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  १२ : ०९ बजे

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय

फरार कैदी भारत–नेपाल सीमाबाट पक्राउ

महेन्द्रनगर । कञ्चनपुर कारागारबाट फरार रहेका एक कैदीलाई प्रहरीले नेपाल–भारत

अमरेश सिंहको प्रश्न : यो राज्य संयन्त्र कसरी चलेको छ ?

काठमाडौँ । सत्तारुढ रास्वपाका सांसद अमरेशकुमार सिंहले राज्य कसरी चलेको

झारफुक गर्ने भन्दै बालिका कुटपिटको आरोपमा एकजना पक्राउ

काठमाडौं । झारफुक गर्ने भन्दै बालिकालाई कुटपिट गरेको आरोपमा प्रहरीले

करिब एक हजार ३१५ किलो गाँजा बरामद

काठमाडौं – प्रहरीले खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-७ वालिङस्थित जङ्गलबाट