सेयर बजारमा ३८.३७ अंकको गिरावट « Khabarhub

सेयर बजारमा ३८.३७ अंकको गिरावट


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चालु साताको पहिलो कारोबार  दिन आइतबार सेयर बजार ३८.३७ अंकले घटेको छ । 

बैंकहरूले समग्रमा राम्रो नाफा वृद्धि गरेको वित्तीय विवरण सार्वजनिक गरिरहँदा सेयर बजार भने थप घटेको हो ।आइतबार नेप्से सूचक ३८.३७ अंकले घटेर २०५१.४७ विन्दुमा आएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब  ६८ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । 

सूचीकृत कम्पनीहरूले नाफा बढाएको रिपोर्ट निकालेकै बेला बजार थप घट्दा आम लगानीकर्ता भने अन्योलमा परेका छन् । यस दिन २६५ कम्पनीको ८० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । 

१२ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सानिमा बैंक अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एभरेष्ट बैंक र एनआइसी एसिया बैंक परेका छन् ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ३ : ४० बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर