‘संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्छ’ « Khabarhub

‘संघीय शिक्षा ऐन शिक्षक, विद्यार्थी र अभिभावकमैत्री हुनुपर्छ’


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

जनकपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मन्त्रिपरिषद्बाट स्वीकृत भएर सदनमा टेबलको तयारीमा रहेको शिक्षा ऐन सर्वस्वीकार्य रूपमा आउनु पर्ने बताएका छन्। 

शहीदनगर नगरपालिका यदुकहा पुगेर २०२९ साल असोज १ गते तत्कालीन पञ्चायती शासन उत्कर्षमा रहेकाबेला प्रहरीको गोली लागेर निधन भएका धनुषा हडबाडाका कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको सालिकमा माल्यार्पण गर्दै नेता महरले शिक्षक, विद्यार्थी र अभिभावकले अपनत्व ग्रहण गर्ने खालको शिक्षा नीति ल्याउनु पर्ने बताएका हुन्।

 २०२९ असोज १ गते कामेश्वर र कुशेश्वरमाथि तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलायो। र, कामेश्वर-कुशेश्वरको गोली लागि घटनास्थलमै मृत्यु भयो। तत्कालीन पञ्चायती सरकारले नयाँ शिक्षा योजना लागू गरेको थियो। 

२०४६ सालमा शिवधारी यादवको नेतृत्वमा आन्दोलन चलेको र प्रहरी धरपकड हुँदा पाँच जना महिलाले साहदत्त प्राप्त गरेको स्मरण गर्दै उनले अहिले बेलैमा सोचविचार गरेर त्यस्तो अवस्था आउनबाट रोक्न सरकार गम्भीर हुनुपर्ने उनले बताए। 

उनले नेपाली माटो छुने किसिमको शिक्षा नीति ल्याउन आवश्यक रहेको बताउँदै सरकारलाई जिम्मेवार हुन आग्रह गरेका छन्।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ७ : १२ बजे

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित