राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग « Khabarhub

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – दैलेखदेखि आएका राउटे समुदायका अगुवाले आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।

राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट रु ५० हजार सहयोग प्रदान गरेका थिए । सो अवसरमा उहाँले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए । राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताए।

उनले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिए । शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ५० बजे

अमेजनले सन् २०२७ मा जर्मनीमा १६ अर्ब युरोभन्दा बढी लगानी गर्ने

बर्लिन- अमेरिकी प्रविधि कम्पनी अमेजनले सन् २०२७ मा जर्मनीमा १६

‘मिस वेलनेस वर्ल्ड २०२६’ का विजेता सन्वीलाई गृहनगरमा स्वागत

जनकपुरधाम- अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा ‘मिस वेलनेस वर्ल्ड २०२६’ की विजेता

विजयादशमीको दौडदेखि गोरखा राज्यसम्म द्रव्य शाहको यात्रा

लमजुङ- नेपाली समाजमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको विजयादशमी

चाडपर्वमा खानपानजन्य समस्याबाट बच्न चिकित्सकको सुझाव

चितवन- दसैँको बिदामा पनि विशेषज्ञ सेवा दिँदै आएको चितवन मेडिकल

दक्षिणी सीमामा हतियार थप्ने किम जोङ उनकी बहिनीको चेतावनी

सोल- उत्तर कोरियाले दक्षिण कोरियासँगको सीमामा थप हतियार तैनाथ गर्ने