राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग « Khabarhub

राउटे समुदायलाई गण्डकी सरकारको आर्थिक सहयोग


२१ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

कास्की – दैलेखदेखि आएका राउटे समुदायका अगुवाले आइतबार गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेका छन् । मुख्यमन्त्रीलाई भेट्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेका उनीहरुले मुख्यमन्त्री पाण्डेसमक्ष राउटे समुदायले भोग्दै आएका समस्याबारे जानकारी गराएका थिए ।

राउटे समुदायको गासवासको जोहाका लागि आर्थिक सहायता मागेपछि मुख्यमन्त्री पाण्डेले प्रदेश सरकारका तर्फबाट रु ५० हजार सहयोग प्रदान गरेका थिए । सो अवसरमा उहाँले राउटे समुदायको वर्तमान अवस्थाका बारेमा जानकारी लिएका थिए । राउटे समुदायका अगुवा लालबहादुर शाहीले सहयोग रकम राउटे जातिको खाना र आवासमा खर्च गरिने बताए।

उनले सातवटै प्रदेश सरकारबाट आर्थिक सङ्कलन गरिने जानकारी दिए । शाहीले लोपोन्मुख राउटे जातिको गासवाससहित जीवकोपार्जनमा नेपाल सरकारले विशेष सहयोग गर्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ५० बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको