प्रतिनिधिसभा बैठक बस्दै, चल्ने–नचल्ने एमालेमा निर्भर | Khabarhub Khabarhub

प्रतिनिधिसभा बैठक बस्दै, चल्ने–नचल्ने एमालेमा निर्भर


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेका लागि बोलाइएको छ ।

यसअघिका बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण स्थगित हुँदै आएका छन् । एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति नबनेसम्म संसद चल्न नदिने अडान लिँदै आएका कारण आज पनि बैठक चल्ने सम्भावना न्यून रहेको छ । एमालेले छानविन समितिको माग गरिरहँदा सरकारले भने यसको आवश्यकता नभएको जनाइसकेको छ ।

आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरूको ब्यहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने कार्यसूची छ ।

संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी गराउने छन् ।

यस्तै, बाधा अडकाउ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यविधि थप गर्ने प्रस्ताव पेश गर्नेछन् ।

यसैगरी, शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन् भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरूको सूचनाहरू सभाको स्वीकृतिका लागि पेश गर्ने कार्यसूची  रहेको छ ।

 

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ५३ बजे

एमाले फलामको टुक्रा होइन, कसैले दर्शन ढुङ्गा चपाउँछु भनेर दाँत भाँच्नु बेग्लै कुरा हो – प्रधानमन्त्री ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा

रास्वपाको हस्ताक्षर अभियानमा बाबुराम भट्टराईको समर्थन 

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को बनस्थलीस्थित

बर्खामा दरिएका काठमाडौँका हिटी (तस्बिरहरू)

काठमाडौँ – नेपालको सङ्घीय राजधानी काठमाडौँ उपत्यका लगायत मुख्यतः नेवारी

गृहमन्त्रीका समर्थकलाई सामाजिक बहिष्कार गरौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

पाकिस्तानमा भीषण बाढी, ११ जनाको मृत्यु

एजेन्सी – पाकिस्तानको उत्तर–पश्चिमी पहाडी क्षेत्रमा परेको अत्यधिक वर्षा र