तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द | Khabarhub Khabarhub

तनहुँमा आँखा पाक्ने रोगको प्रकोप बढ्दो, दुई विद्यालय बन्द


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

दमौली- तनहुँको दमौली अस्पतालमा आँखा पाक्ने रोगका बिरामीको सङ्ख्या बढ्न थालेको छ । तीन दिनको अवधिमा ५२ जना आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

गत बिहीबार १४, शुक्रबार १३ र आइतबार २५ जना गरी ५२ जना बिरामी आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको दमौली अस्पतालका नेत्र सहायक लक्ष्मी चौधरीको भनाइ छ । उनका अनुसार यसअघि दिनमा तीन/चार जना आँखा पाक्ने समस्याका बिरामी आउने गरे पनि तीन दिनदेखि सङ्ख्या बढेको छ ।

आँखा उपचारमा आउने बिरामीमध्ये झन्डै ५० प्रतिशत आँखा पाक्ने रोगका सङ्क्रमित हुने गरेको चौधरीको भनाइ छ । मुख्य गरेर एडिनो भाइरसका कारण आँखा पाक्ने प्रकोप बढेको पाइएको छ । ‘‘कतिपय व्याक्टेरिया र धुलोधुवाँका कारण पनि यस किसिमको समस्या हुने गरेको छ ।” चौधरीको भनाइ छ ।

सुरुमा एउटा वा दुवै आँखा सुन्निने र चिलाउन सुरु हुने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने, आँशु बगिरहने र घाम वा उज्यालोमा हेर्न अप्ठयारो हुने यस रोगको मुख्य लक्षण भएको चिकित्सकहरुले बताएका छन् । एक हप्तादेखि बढीमा दुई हप्ताभित्र यो रोग निको हुन्छ ।

महामारीअन्तर्गत सरुवा रोग भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्न सक्ने भएकाले सतर्कता अपनाउन जरुरी हुने चिकित्सकको भनाइ छ । नेत्र सहायक चौधरीका अनुसार उपचारमा आउने बिरामीको लक्षणका आधारमा औषधि दिई आराम गर्न बिरामीलाई सल्लाह दिइएको छ ।

आँखा पाक्ने सङ्क्रमण भएकाहरुले चिसो बरफले आँखा सेक्ने, घाममा नहिँड्ने, भीडभाडमा नजाने र हिँड्डुल गर्नुपरेमा कालो चश्मा लगाएर हिँड्नेलगायतका सुझाव दिइएको छ ।

आँखा पाकेका बिरामीको आँशुबाट यो रोग सर्ने भएकाले घरपरिवारका अन्य सदस्यले बिरामीले प्रयोग गर्ने रुमाल प्रयोग नगर्ने, साबुन पानीले समय समयमा हात धोएर सतर्कता अपनाउन चिकित्सकले बताएका छन् ।

दुई विद्यालय बन्द

त्यसैगरी आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि जिल्लाका दुई विद्यालयमा पठनपाठन बन्द गरिएको छ । शुक्लागण्डकी नगरपालिकास्थित खैरेनी माध्यमिक विद्यालय र पञ्चमुनिदेव माध्यमिक विद्यालय बन्द गरिएको हो ।

खैरेनीटार माध्यमिक विद्यालय साउन आजदेखि यही साउन २४ गतेसम्म बन्द गर्ने निर्णय गरिएको विद्यालयका सहायक प्रधानाध्यापक मोहनप्रसाद आचार्यले जानकारी दिए ।

उनका अनुसार वर्षे बिदाबाट कट्टा गर्नेगरी विद्यालय बन्द गर्ने निर्णय भएअनुरुप बन्द गरिएको सो विद्यालयले जनाएको छ । त्यसैगरी पञ्चमुनि माध्यमिक विद्यालयले साउन १९ गतेदेखि २३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

साउन २४ गते विद्यालय संचालन गर्ने कि नगर्ने विषयमा संङ्क्रमण नरोकिए पुनः सूचना जारी गरी विद्यालय बन्द गर्न सकिने सो विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  २ : ३७ बजे

वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

धनगढी– गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा

प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा 

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ

विश्वास गुमाउँदै ओली सरकार, प्रतिपक्षी बेञ्चमा बस्ने नाउपाको तयारी

काठमाडौं– संघीय संसद्का दुई ठूला दल मिलेर गठन भएको नेकपा

‘नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल हवाई सेवा प्राधिकरण सम्बन्धी विधेयक अगाडि बढाऔँ’

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल नागरिक

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह

काठमाडौं – उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वाधार