मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ « Khabarhub

मानव वेचबिखनमा संलग्न भएकाे आराेपमा एकजना पक्राउ


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

पोखरा- मानव वेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा गोरखा पालुङटार घर भई कास्की पोखरा महानगरपालिका ८ सृजना चोकमा खाजाघर सञ्चालन गरी बस्ने ६० वर्षीया पार्वती काराखेती रहेको प्रहरीले जनाएको छ ।

उनको होटलमा नाबालिका तथा महिलालाई ललाइफकाई वेटरको राम्रो काम लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पारी यौनजन्य क्रियाकलापमा लगाउने गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालत कास्कीबाट मानव वेचबिखन तथा ओसार पसार सम्बन्धी कसुरमा ५ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ५ : ४७ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध