काठमाडौँ उपत्यकामा वर्षा, देशभर पानी पर्ने | Khabarhub Khabarhub

काठमाडौँ उपत्यकामा वर्षा, देशभर पानी पर्ने


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा मनसुनी वायुका साथै बंगलादेशको उत्तरी भूभागमा तथा आसपास रहेको न्यून चापीय प्रणालीको  प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखासरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली  रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश र बागमती प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

राती भने देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशहरुको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गण्डकी, लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै र बाँकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा मधेश तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

मधेश, बागमती र गण्डकी प्रदेशका एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय तथा हावाहुरी जस्ता प्रकोप हुन सक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुनसक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ६ : २० बजे

पर्यटक लोभ्याउँदै पुरन्धरा झरना

दाङ– पश्चिम दाङको बबई गाउँपालिका–५ मा अवस्थित पुरन्धरा झरना जिल्लाकै

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

बागमती– पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–७ निर्मलबस्तिमा ट्रकको ठक्करबाट आज

मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने

मुस्ताङ– घरपझोङ गाउँपालिकाअन्तर्गतको मार्फा–छैरो–चिमाङ सडक स्तरोन्नति गरिने भएको छ ।

मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालवस्तु आयात

भद्रपुर– चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो तीन महिनामा पूर्वीनाका

जैविकखेती प्रवर्द्धन गर्न गड्यौला मल उत्पादनमा जोड दिँदै पौवादुङमा

भोजपुर– रासायनिक मलको प्रयोग घटाउँदै जैविकखेती प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले