किटिनीमा चिया खेती सुरु « Khabarhub

किटिनीमा चिया खेती सुरु


२३ श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–३ किटिनिमा चिया खेती गर्न थालिएको छ । मालिका गाउँपालिकाले जिल्लामै पहिलो पटक किटिनिमा चिया खेती सुरु गरेको हो । 

मालिका–३ का वडाध्यक्ष मोतिप्रसाद बुढाले करिब आठ रोपनी पाखोमा चार हजार आठ सय चियाका बिरुवा रोपिएको जानकारी दिए । ‘बाँझो पाखो खनजोत र मल हालेर चियाका बिरुवा रोपिएको हो,’ उनले भने ‘बाँझो जमिनको सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले चिया बगान स्थापना गरिएको हो ।’

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ को ल्वाङ गाउँबाट बिरुवा ल्याएर किटिनिमा रोपिएको हो । समुन्द्र सतहदेखि एक हजार ८०० मिटरको उचाइँमा रहेको डाडाँगाउँको हावापानी र भूगोल अनुकूल भएकाले चियाखेतीको परीक्षण गरिएको वडाध्यक्ष बुढाले बताए । 

किटिनीकै जस्तो हावापानी, भूगोल र उचाइ भएको ल्वाङको चियाखेती सफल भएको छ । चियाखेतीका लागि मालिका गाउँपालिकाले गत आर्थिक वर्ष २०७९-८० मा रु पाँच लाख विनियोजन गरेको थियो । सो बजेटबाट बिरुवा, मल खरिद, तारबार र जग्गा खनजोत गरिएको छ ।

गोरक्ष आधारभूत र अमरज्योति माविको कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि चियाको बिरुवा रोप्न श्रमदान गरेका थिए । एक सयजना विद्यार्थीले दुई दिन चियाको बिरुवा रोप्ने काम गरेका थिए । वडा कार्यालय परिसरमा रहेको पाखोमा चियाको बगान तयार पार्न फुर्सदको समयमा जनप्रतिनिधि र कर्मचारीले पनि काम गरेका थिए । म्याग्दीमा हाल कुनै पनि ठाउँमा चिया खेती भएको छैन् ।

 अन्नपूर्ण गाउँपालिकाको खिवाङमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एकयाप)ले बीस वर्षअघि स्थापना गरेको चिया बगान संरक्षण र उपभोग अभावमा अस्तित्वमा छैन् । चिया खेती सफल भएमा निजी जग्गामा पनि विस्तार गर्ने योजना रहेको वडाध्यक्ष बुढाले बताए । पहाडको शिरमा भिराखो पाखोमा अवस्थित किटिनीबाट धवलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, गुर्जा हिमाल, पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको अवलोकन गर्न सकिन्छ । 

चियाबारीको पृष्ठभूमिमा हिमालको अवलोकन गर्न पर्यटक भित्र्याउन सकिने सम्भावना छ । चिया बिक्री गरेर आयआर्जन र रोजगारीको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ । 

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलबार  ५ : ३४ बजे

म्याग्दीमा साढे ३१ करोड बढीको सुन्तला उत्पादन

म्याग्दी– यस वर्ष म्याग्दीमा ३१ करोड ६० लाख मूल्य बराबरको

नेपाली सिनेमाको अमर आवाज- ‘यो कुरा रातेलाई मन परेन’

काठमाडौं- नेपाली तथा भारतीय चलचित्र र टेलिभिजन क्षेत्रका सशक्त, अनुकरणीय

मेघालय कोइलाखानी विस्फोट : खोटाङका तीनजनाको मृत्यु, एक जना बेपत्ता

खोटाङ– भारतको मेघालयस्थित कोइलाखानीमा भएको विस्फोटको घटनामा खोटाङका तीन युवकले

नवलपरासीको अग्यौलीमा तीन मोटरसाइकल ठोक्किए, एकजनाको मृत्यु, दुई घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को अग्यौलीमा तीन मोटरसाइकल एकआपसमा ठोक्किँदा एक

कैफियत देखिएपछि जरिवाना

काठमाडौं– नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा