अरुण काबेलीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै | Khabarhub Khabarhub

अरुण काबेलीले शतप्रतिशत हकप्रद शेयर जारी गर्दै


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अरुण काबेली पावर कम्पनी लिमिटेडले आगामी भदौ ८ गतेदेखि शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद शेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।

उक्त हकप्रद शेयरका लागि यसले असार २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, असार २४ गतेसम्म कायम लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउने छन् । 

अरुण काबेलीले जारी गर्न लागेको हकप्रद शेयरमा लगानीकर्ताले भदौ २८ गतेसम्म आवेदन दिन सक्नेछन् । यस हकप्रद शेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी ट्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्ने क्षमता औसत सुरक्षित रहेको संकेत गर्दछ ।

यसको हकप्रद सेयरमा नबिल इन्भेष्टमेन्ट बैङ्किङले बिक्री प्रबन्धकको काम गर्नेछ । हकप्रदमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालय ट्रेड टावर थापाथलीबाट आवेदन दिन सकिनेछ । 

उक्त स्थानबाट आवेदन दिँदा चेकमात्र भुक्तानी हुने कम्पनीले जनाएको छ । साथै, हिमालयन र नबिल बैंकको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब  ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  ११ : १७ बजे

युक्रेन शान्ति वार्ता : सबै पक्षलाई शीघ्र सम्झौतामा पुग्न चीनको आह्वान

बेइजिङ– चीनले सोमबार वासिङ्टनमा हुने युक्रेन शान्ति वार्तामा संलग्न ‘सबै

पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मतमा ढिलाइ

भीमदत्त– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तारले गति लिन

नक्कली शैक्षिक प्रमाणपत्रसहित एकजना पक्राउ

भैरहवा– प्रहरीले ठूलो परिमाणमा नक्कली शैक्षिक प्रमाणपत्रसहित एक भारतीय नागरिकलाई

हिरा चोरेको आरोपमा तीन व्यक्ति दुबई प्रहरीको नियन्त्रणमा

एजेन्सी– दुबई प्रहरीले दुई करोड ५० लाख अमेरिकी डलर बराबरको