ढाकाका कपडा नबिक्दा महिला समूह चिन्तित  « Khabarhub

ढाकाका कपडा नबिक्दा महिला समूह चिन्तित 


२५ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

रुकुम पश्चिम– रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बुन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।

एघार जनाको समूहले ढाकाको विभिन्न कपडा बुनिरहेका छन् । उनीहरूले बुनेका ढाकाको कपडाले भने बजार पाउन सकेको छैन । तीन महिनासम्म बुनेको ढाकाको कपडाले बजार पाउन नसकेको उनीहरूको गुनासो छ । हालसम्म उक्त समूहले एक लाखसम्मको कपडा बुनिसकेको छ ।

ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन भएको छ । ‘हामीले तीन महिनादेखि ढाकाको कपडा उत्पादन गरिरहेका छौँ, अहिलेसम्म कपडा किन्न कोही आएका छैनन्’, गङ्गा थापाले भनिन् ।

ढाकाको कपडा बिक्री हुने आशमा महिलाहरू छन् । ‘बिक्री हुने आशमा कपडा बुन्न छोडेका छैनौँ, यहाँबाट बिक्री नभएपछि बजारसम्म भए पनि कपडा पुर्‍याउने योजना हाम्रो छ’, थापाले भनिन् । विगत चार वर्षदेखि अल्लो र ढाका कपडा बुन्दै आएका महिलाले यो वर्ष भने तालिम नै लिएर विभिन्न प्रकारका कपडा बुन्न सिकेका छन् ।

महिलाको आर्यआर्जन बढाउनलाई नै तालिम सञ्चालन गरेर कपडा बुन्ने तालिम दिइएको हो । महिलाले तालिम पनि लिए । सीप पनि सिके । तर उत्पादन गरेको सामानले भने बजार नपाउँदा उनीहरु निरास भएका छन् । आफैँ बजारको खोजीमा जाने योजना रहेको उनीहरु सुनाउँछन् ।

विगतका वर्षहरूमा थोरै उत्पादन गर्ने र अल्लोको कपडा धेरै बुन्ने भएकाले पनि बजार धान्न नसेका महिलाले यो वर्ष भने ढाकाको कपडा भने बेच्न पाएका छैनन् । 

खलङ्गा बजारबाट धागो लिएर ढाकाको कपडा बुन्ने गरिएको छ । विगतका वर्षहरूमा भने ढाको कपडाभन्दा अल्लोको कपडा धेरै उत्पादन हुने गर्थे । अल्लोको भने बजारको समस्या नभएको थापाको भनाइ छ ।

महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपाल, मुसिकोट नगरपालिका र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को संयुक्त आयोजनामा ढाका बुनाइ तालिम सञ्चालन गरिएको थियो । 

तीन महिनासम्म सञ्चालन भएको तालिममा सहभागी ११ महिलाले ढाकाको सल, साडी, ब्लाउज, गलबन्दी, बर्कीलगायतका सामग्री उत्पादन गर्न सिकेका छन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहीबार  १२ : ०४ बजे

जेष्ठ वर्ण महाविहारलाई युनेस्कोको अवार्ड

काठमाडौँ – भारत सरकारको अनुदान सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरस्थित ऐतिहासिक

विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन

काठमाडौँ – पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले