माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज « Khabarhub

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने अन्तिम दिन आज


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज शुक्रबार साउन २६ गते अन्तिम दिन हो ।

 आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । हाइड्रोपावरले असार २८ गतेदेखि स्थानीय बासिन्दालाई प्रिमियम भाउमा आईपीओ निष्कासन गरेको हो । यस कम्पनीले जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको २५ अर्थात २ लाख ७२ हजार ७३० कित्ता सेयर स्थानीय बासिन्दाका लागि निष्कासन गरेको छ ।

जसअनुसार १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर कुल २०६ रुपैयाँका दरमा आईपीओ बिक्रीमा ल्याएको हो । उक्त सेयरमा ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको वडा नं १ र २ का बासिन्दाले आवेदन दिन सक्नेछन् । त्यस्तै, मकवानपुर जिल्लाको भिमफेदी गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ तथा इन्द्र सरोवर गाउँपालिकाको वडा नं ३ का स्थानीय बासिन्दाले पनि यसमा आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले यस कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई इक्रा एनपी त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्रभु क्यापिटलको कार्यालय, प्राइम कमर्सियल बैंक, कुमारी बैंक, प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  ९ : ४५ बजे

हल्दीबारीका विपन्न र दलित समुदायलाई स्वरोजगार सामग्री वितरण

भद्रपुर– यहाँको हल्दीबारी गाउँपालिकाले अपाङ्गता भएका, विपन्न तथा दलित समुदायका

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न