म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित | Khabarhub Khabarhub

म्यान्मारमा बाढीका कारण ५ जनाको मृत्यु, ४० हजारभन्दा बढी विस्थापित


२६ श्रावण २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

याङ्गुन- म्यान्मारमा भारी वर्षासँगै आएको बाढी र पहिरोमा परी ५ जनाको मृत्यु भएको छ । प्रकोपका कारण ४० हजारभन्दा धेरै विस्थापित भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

मुलुकको दक्षिणी केइन राज्यमा नदीको बहाव खतराको चिन्ह नाघेपछि १८ हजार भन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

‘केइन राज्यका छ टाउनशिपहरूमा बाढीले खतरा उत्पन्न गरेपछि सुरक्षित आश्रयस्थलहरू स्थापना गरिदैछ’ केइन राज्य सरकारका प्रवक्ता यू साउ खिन माउङ मिन्टलाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

थानल्विन नदी सहित केइन राज्यका विभिन्न नदीहरूमा जल सतह बढेको छ भने केइन राज्यको राजधानी हपा आन र मोन राज्यको राजधानी मावलामाइन जोड्ने प्रमुख सडकका केही भाग डुबानमा परेका छन् ।

यसबाहेक याङ्गुन र मावलामाइन बीचका केही रेल मार्गहरू बागो र मावलामाइन बीचको रेलवे ट्र्याकहरूको खण्डहरूमा बाढीको कारण डुबानमा पारेका छन् ।

देशको मौसम विज्ञान तथा जलविज्ञान विभागले बुधबार दिउँसो यहाँका छवटा नदीमा खतराको स्तर नाघेको जनाएको छ ।

बागो क्षेत्रको मडौक शहर र बागो टाउनसिप, केइन राज्यको ह्पान टाउनसिप र काचिन राज्यको मोगाउङ टाउनसिपमा नदी किनार वा तल्लो क्षेत्रका बासिन्दाहरूलाई सम्भावित बाढीको जोखिमबाट सतर्क रहन मौसम विभागले चेतावनी पनि जारी गरेको छ ।

बागो निवासी को आय ह्लाले बिहीबार सिन्ह्वालाई प्रत्येक वर्ष बाढीको अनुभव गरे पनि यस वर्षको डुबान लगभग तीन वर्षयताकै सबैभन्दा ठूलो भएको बताएका छन् । उनले आफ्नो घरको भुइँ तल्ला हाल डुबेको बताए ।

बागोका तल्लो क्षेत्रका केही बासिन्दाहरूलाई उच्च क्षेत्रहरूको खोजी गर्दै गुम्बा र आश्रयहरूमा सारिएको पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २६ श्रावण २०८०, शुक्रबार  १ : २६ बजे

यातायात व्यवस्था कार्यालय झापाबाट ८२ करोड राजस्व सङ्कलन

झापा– यातायात व्यवस्था कार्यालय झापाले चालु आर्थिक वर्ष (आव) २०८१–०८२

दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नति

म्याग्दी– ट्रयाक खुलेको १४ वर्षपछि म्याग्दीको मालिका गाउँपालिको दरवाङ–बिम–दिच्याम सडक

शुक्लाफाँटाका सबै वडामा माटोको नमुना परीक्षण

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा माटो सुहाउँदो बालीका लागि सम्भाव्यता अध्ययन अगाडि

आगजनीमा परेको ‘सञ्चो’ उद्योगले थाल्यो उत्पादन, बजारमा अभाव हुन नदिने प्रतिबद्धता

काठमाडौं- राजावादीको आन्दोलनमा प्रदर्शनकारीले आगजनी गर्दा खरानी भएको जडिबुटी उत्पादन

कोसी टप्पुमा पर्यटकको सङ्ख्या वृद्धि

सुनसरी– अर्ना र चराका लागि प्रसिद्ध  कोशीटप्पु वन्यजन्तु आरक्षमा आन्तरिक