भङ्ग हुन सक्छन्, धेरै कीर्तिमान | Khabarhub Khabarhub

भङ्ग हुन सक्छन्, धेरै कीर्तिमान


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

यो वर्ष ट्रयाक एण्ड फिल्ड कीर्तिमान भङ्गको वर्ष साबित भएको छ। यसको नेतृत्व फेथ केपगीयनले गरेकी छन्। उनले ५० दिनको अन्तरमा तीन भिन्न स्पर्धामा विश्व कीर्तिमान कायम गरेकी हुन्।

सिजनको आठ महिनामा सात विश्व कीर्तिमान भङ्ग भए। १९ देखि २७ अगस्टको बीचमा हंगेरीको बुढापेस्टमा आयोजना हुने विश्व एथलेटिक्स च्याम्पियनसिपमा सबैको ध्यान गएको छ। यसै समयमा सबै एथलेटले पिक गरिरहेका छन्। यसै विश्व च्याम्पियनमा भङ्ग हुने केही सम्भाव्य कीर्तिमान छन्।

फेथ किपियोगनले ८ सय मिटरमा विश्व कीर्तिमान भङ्ग गर्ने धेरैको अनुमान छ। भेनेजुएलाकी ट्रिपल जम्प खेलाडी युलिमार रोजासले ‘म १६ मिटर उफ्रन जन्मिएकी हुँ भन्ने चेतावनी दिइसकेकी छिन्। सिड्नी मकगाउलीनले मारिटा कोचको चार सय मिटर दौडको विश्व कीर्तिमान भंग गर्ने अनुमान गरिएको छ।

यस विश्व च्याम्पियन नेसनल एथलेटिक्स सेन्टरमा आयोजना हुनेछ। सो सेन्टरको दशक क्षमता ३६ हजार दर्शकको छ। यस भन्दा अघि आरीजीनमा सन् २०२२ मा भएको विश्व च्याम्पियनसिपमा ४० देशको प्रतिस्पर्धा थियो। १३ स्वर्ण, ९ रजत र ११ कास्य पदक जितेर अमेरिका पहिलो भएको थियो।

अमेरिका भन्दा पछि इथियोपिया रहेको थियो भने जमैका तेस्रो भएको थियो। गत वर्ष जमैकाका सानी अल फ्रेजीयरले एक सय मिटरको दौडको स्वर्ण पदक जितेकी थिइन्। यस वर्ष पनि उनका लागि थोम्सन हेराथ र सारिका ज्याक्सन मुख्य चुनौती हुने छन्। यसै गरीगरी अमेरिकी सारिका रिचर्डसन अर्की चुनौती हुने छन्।

एलीसन फेलिक्स र युसेन बोल्ट पछि दुई सय मिटरमा लगातार तेस्रो स्वर्ण पदकको कीर्तिमान राख्ने मौका नोह लायसलाई छ। उनले यस वर्ष बोल्टले राखेको १९ दशमलव १९ सेकेन्डको कीर्तिमान भङ्ग गर्ने सम्भावना छ। फ्रेड केर्ली १ सय मिटरमा उपाधि जोगाउन लागि परेका छन्।

यो विश्व च्याम्पियनसिपमा २ सय भन्दा बढी देशका दुई हजार भन्दा बढी खेलाडी सहभागी भइरहेका छन्। यसको टिकट अफिसियल वेबसाइटबाटै लिन सकिने व्यवस्था गरिएको छ। बिहानको ५ सत्र हुने छन् नौ सत्र साँझ हुन्छ। म्याराथनलगायत ६ स्पर्धा रङ्गशाला बाहिर हुनेछ। यो बिना शुल्क देख्न पाइने छ।

किप ये गेनलेको अहिले एक हजार पाँच सय मिटरको राष्ट्रिय कीर्तिमान तीन मिनेट ४९ दशमलव ११ सेकेन्ड हो। उनले पहिलो दिन नै १ हजार पाँच सय मिटरमा प्रतिस्पर्धा गर्ने छिन्। पहिलो पाँच हजार मिटरको उपाधि जित्न पनि केन्या लालायित छ। जुन महिनाको समय भन्दा केही समय घटाएर सफलता पाउने कुरामा केपगेयन आशावादी छिन्।

एक हजार पाँच सय मिटर पुरुषमा अहिलेको विश्व कीर्तिमान हिचानमा अल जेराउजीको नाममा छ। उनले १९९८ मा तीन मिनेट २६ सेकेन्डको विश्व कीर्तिमान राखेका थिए। हालको कीर्तिमान सन् १९९८ मा रोमा सम्पन्न गोल्डेन गालमा राखिएको थियो।

यस विश्व च्याम्पियनसिपमा इतिहासका चौथो छिटो व्यक्ति ज्याकोब इन्गब्रिस्टनले सहभागितता जनाउने छन्। उनी अहिले जेराउनीको कीर्तिमान भन्दा चार सेकेन्ड फरक छ।

सन् २०२१ मा ५६ दशमलव ९४ को विश्व कीर्तिमान राखेका नर्वेका कास्टर्न आरहोलम अहिले पनि सहभागी छन्। उनले अहिलेको विश्व कीर्तिमान टोकियो ओलम्पिकमा राखेका हुन्। गत वर्ष उनी चोटसँग सङ्घर्ष गरिरहेका थिए।

सन् २०२३ मा नै ६ दशमलव २२ मिटरको विश्व कीर्तिमान राखेका पोलभोल्टका अर्मान्ड मोन्टो डुप्लान्टीस अहिले पनि सहभागी छन्। उनले आफ्नो क्यारियरमा ६ पटक विश्व कीर्तिमान भङ्ग गरिसकेका छन्। उनले सो सफलता पाँच पटक त मेजर च्याम्पियनसिपमा नै पाएका हुन्। तसर्थ यस विश्व च्याम्पियनसिपमा उनले आफ्नै कीर्तिमान भङ्ग गर्ने अनुमान गरिएको हो।

युलिमार रोजासले पनि टोकियो ओलम्पिकमा १५ दशमलव ६७ मिटरको विश्व कीर्तिमान राखेकी थिइन्। उनले १६ मिटर उफ्रने लक्ष्य रहेको बारम्बार बताइसकेकी छिन्। पुरुष सटपुटका रने क्रुजर यस्तै हेर्न लायक खेलाडी हुन्। सन् २०२३ मा नै उनले २३ दशमलव पाँच मिटरको विश्व कीर्तिमान राखेका छन्।

यस विश्व च्याम्पियनसिपमा केपगायन पछिको आकर्षण सिड्नी म्याकगाउलीनमा नै हो। यस स्पर्धाका अहिले कारियो कोचको नाममा ४७ दशमलव ६० को कीर्तिमान छ। चार सय मिटर बाधा दौडमा चार पटक विश्व कीर्तिमान कायम गरेकी म्याकगउलीन चार सय मिटरमा पनि विश्व कीर्तिमान कायम गर्न सफल हुने अपेक्षा गरिएको हो।

लामेचा गीर्मा र सिफाना असन मध्ये एकले तीन हजार मिटर स्टीपल चेजमा नयाँ कीर्तिमान कायम गर्ने सम्भावना छ। यस स्पर्धामा सन् २०२३ मा नै गीर्माले सात मिनेट ५२ दशमलव ११ सेकेन्डको कीर्तिमान कायम गरेकी थिइन्।

अबको एक साता पनि हंगेरीको बुढापेस्टमा हुने यस च्याम्पियनसिपमा संसारको नै आँखा जाने नै छ। सायद यस वर्ष केन्या पदक तालीकामा पनि शीर्ष तीनमा रहन सक्ने छ।

स्रोतः स्पोर्ट्स केडिया, रनर वर्ल्ड, ट्याक एन्ड फिल्ड, ओलम्पिक

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  ८ : ०३ बजे

आइएसएसआर नीति बहस : बजेट आकारदेखि युवा पलायनसम्मका समस्या मन्थन

काठमाडौं – इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसिओ–इकोनोमिक रिसर्च (आइएसएसआर) र

औषधिको अवैध कारोबार गरेको आरोपमा मेडिकल सञ्चालक पक्राउ

लुम्बिनी – बुटवलमा मेडिकल पसल राखेर चिकित्सकको सिफारिसबिना अवैधरूपमा औषधिको

गण्डकीमा बर्सेनि बढ्दै सवारी दुर्घटना

गण्डकी – कास्कीमा आव २०७७/७८ मा ६४ सडक दुर्घटना भए

दुई क्विन्टल गाँजासहित एक जना पक्राउ

विराटनगर – मोरङ प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ

निर्माणाधीन धरान बसपार्कको काम अन्तिम चरणमा

धरान – धरान उपमहानगरपालिका–८ मा निर्माण भइरहेको धरान स्मार्ट बसपार्कको