‘विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ’ « Khabarhub

‘विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्छ’


२७ श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेबताएका छन्। नेपाल विद्युत् प्राधिकरणको ३८औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज यहाँ आयोजित कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वच्छ वातावरणका लागि विद्युतीय सवारी साधनको प्रयोग आवश्यक भएको उल्लेख गरे ।

‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव छ’,  मन्त्री बस्नेतले भने । विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा प्राधिकरणले महत्वपूर्ण योगदान गरेको उनले उल्लेख गरे । विद्युत्को खपत बढाउन र विद्युतीय सवारी साधनको प्रयोग बढाउनका लागि विद्युतीय सामाग्रीको प्रचारप्रसारमा लाग्नुपर्ने मन्त्री बस्नेतको भनाइ थियो । 

प्राधिकरणले आगामी भदौ १ गते आफ्नो ३८ औँ वार्षिकोत्सव मनाउँदै छ । वार्षिकोत्सवको अवसरमा प्राधिकरणले साताव्यापी विभिन्न कार्यक्रम आयोजना गरेको छ ।  

प्रकाशित मिति : २७ श्रावण २०८०, शनिबार  २ : ३३ बजे

नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको सन्देश दिन विशेष कार्यक्रम

काठमाडौँ– नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले नेपालको

जलवायु जोखिममा रहेका मुलुकबीच सुदृढ सहकार्य आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण जोखिममा रहेका मुलुकहरूको

नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

खोलाले बगाउँदा एक जनाको मृत्यु

काभ्रे– काभ्रेको धुलिखेल नगरपालिका–९ भएर बग्ने डाँफे खोलाले बगाउँदा एक

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि