बजारलाई थप व्यवस्थित बनाउन काठमाडौँ महानगरले भदौ १ देखि नियमित अनुगमन गर्ने | Khabarhub Khabarhub

बजारलाई थप व्यवस्थित बनाउन काठमाडौँ महानगरले भदौ १ देखि नियमित अनुगमन गर्ने


२८ श्रावण २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले बजारलाई थप व्यवस्थित गर्नका लागि आगामी भदौ १ देखि नियमित अनुगमन गर्ने भएको छ । यही साउन महिनाभित्र अनुगमनका लागि सूचक तयार पार्ने, सूचना र विवरण तयार पार्ने, खाका तयार पार्नेजस्ता काम सम्पन्न गरी भदौ १ गतेदेखि नियमित अनुगमन गर्ने काठमाडौ महानगरको तयारी छ ।

महानगरकी उपप्रमुख सुनिता डङ्गोलले भदौदेखि नियमित र आकस्मिक अनुगमनलाई नियमित सञ्चालन गर्ने गरी काम भइरहेको जानकारी दिइन् । अनुगमन समितिको संयोजनसमेत रहेकी उपप्रमुख डङ्गोलले भनिन्, “अहिले पनि आकस्मिक रूपमा अनुगमनको काम भने भइरहेको छ, तर यसलाई थप व्यवस्थित र नियमित गर्न लागिएको हो ।”

अहिले ‘अनुगमन कार्यविधि’ तर्जुमाका लागि कार्यदल गठन भएर कार्यप्रारम्भ भइसकेको छ । ‘अनुगमन टोली परिचालन कार्यविधि’ तर्जुमाको तयारी पनि थालिएको छ । नतिजामुखी अनुगमनका लागि वार्षिक योजना, खरिद योजना, अनुगमन तथा मूल्याङ्कन योजना र नीति कार्यान्वयन योजना मुख्य औजार रहेको बताइएको छ । विगतका वर्षहरूमा भने महानगरले आफ्नो अधिकार क्षेत्रमा पर्ने स्थानहरुमा चाडबाड आउन लाग्दामात्रै अनुगमनको काम गर्ने गरेको थियो । मौसमी रूपमा गरिएको अनुगमनको काम प्रभावकारी नभएको र त्यसले उपभोक्तालाई राहत नमिलेको भन्दै महानगरले चाडबाड सुरु हुनु केही महिना अघिदेखि नै त्यस्ता काम गर्न लागेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा महानगरले आफ्नो क्षेत्राधिकारभित्र पर्ने स्थानमा व्यक्तिगत तथा संस्थागत भान्छालाई स्वस्थकर बनाई आरोग्यता कायम गर्न ‘स्वच्छ भान्छा’ कार्यक्रमका लागि तीन करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ । महानगरको समग्र स्वास्थ्य कार्यक्रमतर्फ भने कुल ९२ करोड ६६ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेस गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्ने व्यवस्था रहेको छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ ।

यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँचवटा अनुगमन टोली गठन गरिएका छन् ।

स्रोत एएनआई

प्रकाशित मिति : २८ श्रावण २०८०, आइतबार  ३ : ४० बजे

नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट

काठमाडौं – नेपालले टि-२० सिरिजको पहिलो खेलमा अमेरिकामाथि १७ रनको

सौराहामा एकसिङ्गे गैँडा (तस्बिरहरू)

काठमाडौं– चितवन राष्ट्रिय निकुञ्जभित्र जङ्गल सफारी, हाईकिंग र हात्ती सफारी

अरुण बराललाई जवाफ : आलु जोख्ने यन्त्रले हावा जोख्दैन

केही समयअघि सार्वजनिक भएको यस पंक्तिकारको पुस्तक ‘जैविक दर्शन’माथि मित्र

अनुसन्धान केन्द्रमा बाख्राको दूधबाट चिज उत्पादन

दमौली– तनहुँको बन्दीपुरस्थित बाख्रा अनुसन्धान केन्द्रले बाख्राको दूधबाट चिज उत्पादन

मेची–महाकाली उद्धार यात्रा : कोशी प्रदेशमा ४४ जनाको उद्धार

बनियानी – मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको