एनआरएनए इराकले एक नेपालीको शव नेपाल पठायो  « Khabarhub

एनआरएनए इराकले एक नेपालीको शव नेपाल पठायो 


२९ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


294
Shares
  • change font
  • change font
  • change font

दोहा – रोजगारीका लागि इराक पुगेर मृत्यु भएको एक नेपालीको शव चन्दा संकलन गरेर नेपाली पठाईएको छ । कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएका हस्त बहादुर वाइवाको शव चन्दा उठाएर नेपाल पठाइएको हो ।

मृतक वाइवाको गत २६ जुनका दिन इदको छुट्टी मनाउने क्रममा कुर्दिस्तानको सुलेमानी स्थित कुनामासिमा खोलामा डुबेर मृत्यु भएको गैर आवासीय नेपाली संघ(एनआरएनए) इराकका अध्यक्ष बिनोद श्रेष्ठले बताए ।

मृतकको शव पठाउन समस्या भएपछि एनआरएनए इराकको पहलमा सुलेमानिमा स्थापित संघ-संस्था नेपाल तामाङ घेदुङ कुर्दिस्तान कुर्दिस्तान, कुर्दिस्तान प्रवासी नेपाली समाज, सुलेमानी र नेपाल ख्रीष्टियन समाज सुलेमानीको सहयोगमा वाइवाको शव नेपाल पठाइएको एनआरएनए अध्यक्ष श्रेष्ठले जानकारी दिए।

वाइवाको शव नेपाल पठाउन लाग्ने कुल खर्च ४ हजार ३०० डलरमा रोजगारदाता कम्पनिले २ हजार १५० डलर ब्यहोरेको थियो भने मृतक वाइबाको साथमा भएको प्रहरी मार्फत प्राप्त भएको रकम ५२७ डलर र शव पठाउने अभियान चलाएर उठेको रकम २ हजार ९०४ डलरमा बाँकी रहेको एक हजार २८१ डलर एनआरएनए इराकसँगनै रहेको उनले बताए ।

बाँकी रहेको उक्त रकम एनसीसी इराकको बैठक बसि केही थप सहयोग रकम सहित मृतकको परिवारलाई पठाइने उनले बताए । साथै वाइवाको शव नेपाल पठाउन सहयोग गर्ने अन्य बिभिन्न संस्थाहरूको अलावा अभियान्ता, नेपाली महिला समाज कुर्दिस्तान इराकलाई पनि धन्यवाद दिएका छन् ।

प्रकाशित मिति : २९ श्रावण २०८०, सोमबार  ४ : ५५ बजे

शुक्लाफाँटाको बन्साहमा बहुलाहा कुकुरको आतङ्क

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ बन्साहमा दुई दिनदेखि बहुलाहा कुकुरको आतङ्क

स्थानीयको पहलले भोजपुरमा ‘पेमा छ्योलिङ गुम्बा’ निर्माण

भोजपुर– स्थानीयवासीको पहल, श्रम र आर्थिक सहयोगबाट भोजपुर सदरमुकाम नजिकैको

विदेशमा अध्ययनका लागि बाहिरियो ४२ अर्ब ९६ करोड रुपैयाँ

काठमाडौं– देशभित्र विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा भए पनि

जर्मनीको अनलाइन बैङ्क एनमाथि प्रतिबन्ध

फ्र्याङ्कफर्ट – जर्मनीका वित्तीय नियामकले अनलाइन बैङ्क एन–२६ माथि नयाँ

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी