मेलम्ची खानेपानीको मुहान जाने सडक बाढीले बगायाे | Khabarhub Khabarhub

मेलम्ची खानेपानीको मुहान जाने सडक बाढीले बगायाे


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक–  मेलम्ची खानेपानी आयोजनाको मुहान अम्बाथान जाने बाटो बाढीले बगाएकाे छ । लगातारको वर्षाले हेलम्बु राजमार्गका विभिन्न स्थानमा सडकमा क्षति पुर्‍याएकाे हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिए ।

मेलम्ची खोलामा आएको बाढीका कारण हेलम्बु गाउँपालिकाको ढुङ्गेबजारबाटै सडक सञ्जाल टुटेको र कतिपय बस्ती, सार्वजानिक संरचना, खेतीयोग्य जमिनसमेत उच्च जोखिम भएको अवस्थामा समेत सङ्घ र प्रदेश सरकारले बेवास्ता गरेको उनको गुनासो थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाले समेत यो विपत्तिमा चासो नदिएको उनको भनाइ थियो । ‘हेलम्बु आन्तरिक स्रोत नै नभएको पालिका हो, त्यसमा पनि यो वर्ष बजेट कटौती भएर आएको छ । विपद् जहिले पनि हेलम्बुमा क्षति पुर्‍याइरहेकाे अवस्थामा आएको बजेट विकासमा खर्च गरौँ कि खोलामा लगेर हालौँ ?’ उनले प्रश्न गरे ।

अहिले खानेपानी आयोजनाको काम बन्द भए पनि बेवास्ता गर्न नहुने जनाउँदै उहाँले फेरि पनि पानी लैजाने हो भने मेलम्चीबाट आयोजना स्थलसम्मकै सडक सञ्चालनका लागि आयोजनाले जिम्मा लिनुपर्ने बताए ।

अध्यक्ष शेर्पाका अनुसार अहिले पाटी भञ्ज्याङ हुँदै हेलम्बु जोड्ने वैकल्पिक सडक सञ्चालनका लागि काम भइरहेको छ । बाढीका कारण हेलम्बुमा सडक यातायात पूर्णरूपमा टुटेकाले वैकल्पिक सडक सञ्चालनमा ल्याएर पनि पालिकालाई सडक सञ्जालमा जोड्न प्रयास थालिएको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १० : २३ बजे

पन्त रनआउट भएपछि भारतले गुमायो अग्रताको अवसर

काठमाडौं – भारत र इङ्गल्यान्ड बीचको तेस्रो टेस्टको पहिलो पारीमा

भानुभक्तको जन्मस्थललाई साहित्यिक स्थल बनाउनु पर्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले भानुभक्त प्रदत्त नेपाली भाषाका कारण नै

यी भूभागमा मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मेक्सिको र युरोपेली देशको सामानमा ३० प्रतिशत कर लगाउने ट्रम्पको घोषणा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट महिनादेखि लागु हुने

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज (आइतबार) बस्दैछ ।