तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने « Khabarhub

तस्करीको बरामद सुन पगालियो, केहीबेरमा परिमाण सार्वजनिक गरिने


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


309
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलबाट जाँचपास भएर बाहिरिएपछि सिनामंगलबाट बरामद गरिएको सुन आज पगालिएको छ ।

नेपाल राष्ट्र बैंकको टक्सार महाशाखा बबरमहलमा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो ।

गालिएपछिको सुनको तौल २ घण्टापछि सार्वजनिक गरिने महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए । आज बिहान साढे १० बजेबाट सुन गाल्न सुरू गरिएको थियो ।

यसअघि हिजो ब्रेक सुबाट सुन छुट्याउने काम भएको थियो । यसरी छुट्याइएको सुन ६० किलो ७८९ ग्राम तौल रहेको छ । गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान छ । सुन यकिन तौल आएपछि त्यसको गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले जानकारी दिए ।

भन्सार जाँचपास भएर सिनामंगलको रोडमा पुगिसकेको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । 

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : १७ बजे

आज विश्व बाघ दिवस मनाइँदै, बाघ गणनाको पछिल्लो संख्या सार्वजनिक गरिँदै

काठमाडौँ– आज विश्व बाघ दिवस मनाइँदै छ । प्रत्येक वर्ष

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै, नेता श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित गर्ने

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दैछ ।

विश्वकप लिग-२ : खराब लयमा रहेको नेपाल आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

यी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै

काठमाडौँ – आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद