त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो « Khabarhub

त्रियुगा क्षेत्रमा भाइरल ज्वरोको प्रकोप बढ्यो


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुर जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा डेङ्गु र आँखा  पाक्ने रोगसँगै अहिले तीव्र रुपमा भाइरलको ज्वरोको प्रकोप बढ्न थालेको छ । साउनको तेस्रो हप्तादेखि देखा पर्न थालेको भाइरल ज्वरोको प्रकोप अहिले त्रियुगा नगरपालिका क्षेत्रको सबै वडाहरूमा फैलिसकेको छ ।

भाइरल ज्वरोको प्रकोप फैलिँदै जान थालेपछि जिल्ला अस्पतालसहित स्थानीय स्वास्थ्य चौकी तथा क्लिनिकहरुमा समेत ज्वरोका बिरामी उपचारका लागि आउन थालेको त्यहाँका  चिकित्सकहरू बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख डा ज्ञानेन्द्र झाका अनुसार अहिले भाइरलबाट सङ्क्रमित बिरामीहरू दैनिक तीन दर्जनसम्मको सङ्ख्यामा उपचारका लागि जिल्ला अस्पतालमा आउने गरेका छन् ।

गाईघाट शिवशक्ति मेडिकलका सञ्चालक जितेन्द्रकुमार महतोका अनुसार भाइरलबाट सङ्क्रमितहरू दैनिक दुई दर्जनसम्म आफ्नो क्लिनिकमा उपचारका लागि आउने गरेका छन् ।

एक हप्तादेखि यता भाइरल ज्वरोको प्रकोप फैलिँदै गएपछि अहिले नगरपालिकाको गाईघाट, बोक्से, जलजले, मोतिगडा, भुल्के, खैजनपुर, बगाहा, जोगिदह, पोर्ताह, लक्ष्मीपुर, राजावास, चुहाडे क्षेत्रमा अहिले ज्वरोको प्रकोप तीव्र रुपमा फैलँदै गएको छ।

उदयपुर जिल्ला अस्पतालका अनुसार डेङ्गु र आँखा पाक्ने रोगको प्रकोप पूर्णरुपमा न्यूनीकरण नभई फेरि भाइरल ज्वरोको प्रकोप बढ्न सुरु गरेको हो । अहिले नगरपालिका क्षेत्रको गाईघाट, बजार, बोक्से, पुरानो गाईघाट, असारी, खैजनपुर र मोतिगडा क्षेत्रका धेरै बासिन्दा भाइरलका कारण सङ्क्रमित भएका छन्  ।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाको नगरपालिका क्षेत्रमा साउन १ गतेदेखि डेङ्गुको प्रकोप फैलन सुरु गरेको थियो । हालसम्म  नगरपालिका क्षेत्रमा मात्र झन्डै चार सय ५० भन्दा बढी डेङ्गुबाट सङ्क्रमित भएका छन् ।

यस्तै नगरक्षेत्रका बालबालिकासहित अन्य उमेरकासमेत गरेर झन्डै तीन हजारको सङ्ख्यामा आँखा पाक्ने रोगबाट सङ्क्रमित भएको बेला पुनः भाइरल ज्वरोको प्रकोपसमेत तीव्र रुपमा फैलँदै जान थालेको स्वास्थ्य कार्यालयले बताएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  १ : ३६ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या