भारतीय राजदूतावासले मनायो स्वतन्त्रता दिवस « Khabarhub

भारतीय राजदूतावासले मनायो स्वतन्त्रता दिवस


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ​काठमाडौंस्थित भारतीय राजदूतावासले मंगलबार भारतको ७७ औं स्वतन्त्रता दिवस मनाएको छ । भारतीय स्वतन्त्रताको ७५ वर्षको ऐतिहासिक क्षणलाई स्मरण गर्न भारत सरकारले सन् २०२१ मार्चमा सुरु गरेको ‘आजादी का अमृत महोत्सव’ को एक हिस्साको रुपमा उक्त समारोह सम्पन्न भएको भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

समारोहको सुरुमा ​नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेका थिए । समारोहका क्रममा राजदूत श्रीवास्तवले नेपालमा रहेका भारतीय डायस्पोराका सदस्यलाई स्वतन्त्रता दिवसको शुभकामना पनि दिएका थिए ।

पछि समारोहमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रका नाममा गरेको सम्बोधन पनि भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राष्ट्रपति मुर्मूले आफ्नो सन्देशमा भारतको स्वतन्त्रता प्राप्तिका लागि स्वतन्त्रता सेनानीहरुले गरेका बलिदानको स्मरण गरेकी थिइन् ।

उनले सम्बोधनमा देशले विभिन्न क्षेत्रमा हासिल गरेका उपलब्धिबारे चर्चा गरेकी थिइन् । राष्ट्रपति मुर्मूले विभिन्न मुलुकमा रहेका भारतीय डायस्पोरामाथि आफूले नयाँ विश्वास देखेको बताइन् ।

उनले विकास एवम् मानवीय लक्ष्यलाई विश्वभर प्रवर्द्धन गर्न भारतले महत्वपूर्ण भूमिका खेल्दै आएको भन्दै अन्तर्राष्ट्रिय मञ्चमा भारतले निर्वाह गरेको नेतृत्वदायी भूमिका विशेष गरी जी–२० को अध्यक्षताबारे पनि चर्चा गरेकी थिइन् ।

समारोहमा भारतीय ​दूतावासले भारतीय सशस्त्र बलका मृतक गोर्खा सैनिकका श्रीमती र निकटतम नातेदारलाई सम्मानस्वरुप ५ करोड ३३ लाख नेपाली रुपैयाँ रकम वितरण गरेको थियो ।

​कार्यक्रममा दूतावासको स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरुले देशभक्ति गीतका साथै अन्य प्रस्तुति दिएका थिए । समारोह दूतावासको फेसबुक तथा युट्युब पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ४ : ५६ बजे

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी