साउदीमा २४ जना नेपालीको बिचल्ली, सम्झौतापत्रमा उल्लेख गरिएको कम्पनीनै भेटिएन  « Khabarhub

साउदीमा २४ जना नेपालीको बिचल्ली, सम्झौतापत्रमा उल्लेख गरिएको कम्पनीनै भेटिएन 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

दोहा– पछिल्लो केही दिनयता साउदी अरबमा अलपत्र पर्ने नेपालीको संख्या ह्वातै बढेको छ । केही समय अघिमात्रै रोजगारीका लागि साउदी अरब पुगेका २४ जना नेपाली बिचल्लीमा परेका छन् ।

राम्रो रोजगारी प्रलोभन देखाएर नेपालबाट त्यहाँ पुर्याईएका उनीहरु विगत दुई हप्तादेखि समस्यामा परेका छन् । पशुपति एच आर सोलुसन प्रालि मार्फत साउदीको सुमित डाइरेक्सन फर इनड्रटीज कम्पनीमा पुगेको तर, त्यहाँ त्यो कम्पनी नै नभेटिए पछि आफूहरू समस्यामा परेको अलपत्र मध्येका किरण विश्वकर्माले जानकारी दिए ।

पशुपति एच आर सोलुसनलाई प्रतिव्यक्ति १ लाख ५० हजार देखि २ लाखसम्म बुझाएर सुमित डाइरेक्सन फर इनड्रटीज कम्पनीमा लोड अनलोड कामका लागि त्यहाँ पुगेका उनीहरु सम्झौता पत्रमा उल्लेख गरिएअनुसारको कम्पनी नभेटेपछि अहिले गल्फ भिजन कम्पनीमा ल्याएर राखेको उनीहरूले बताएका छन् ।

उनीहरूलाई मेनपावरले प्रतिदिन ८ घण्टा काम, प्रति हप्ता एक दिनको बिदा र खाने बस्ने सुबिधा सहित मासिक एक हजार साउदी रियाल पाउने तथा साउदी जाँदा र फर्किदा हवाई टिकट कम्पनी बेहोर्ने सम्झौतापत्र उल्लेख गरिएको भएपनि दस हजारको रसिद थमाएर मोटो रकम लिएर उनीहरुलाई त्यहाँ पठाईएको हो ।

‘हामीलाई म्यानपावरले यति ठूलो रकम असुली गएर यहाँ पठायो, हामीले यहाँ आएपछि करार पत्रमा उल्लेख गरिएको सुमित डाइरेक्सन फर इनड्रटीज कम्पनी भेटिनौ,’ अमरले खबरहबसंग भने, ‘अहिले हामीलाई अर्कै गल्फ भिजन भन्ने कम्पनीमा ल्याएर राखेको छ, हामी कोठामा बसेको पनि तेह्र दिन भयो ।’

‘आफूहरूलाई राम्रो काम दिलाउने भनेर म्यानपावर कम्पनी तथा दलालहरूले फसायो, हामी यहाँ आइपुगेपछि न त कम्पनी नै छ न त खाने बस्ने व्यवस्था नै छ, खानलाई पैसा पनि दिएको छैन, चामल र आलु मात्र दिन्छ त्यो कसरी खाने विश्वकर्माले थपे, ‘ नेपालमा मेनपावरलाई सम्पर्क गर्दा पटक- पटक म्यासेज नगर्न भन्छ, अब हामी के गर्ने समस्यामा पर्यौ ।’

राहदानी पनि अरबी भाषामा लेखेको एउटा पेपर सिक्नेचर गराएर लागेको हामी गर्दैनौ भन्दा जबर्जस्ती हस्ताक्षर गराएको पीडितहरूले आरोप लगाएका छन् । आफूहरू बसिरहेको क्याम्पमा सुत्ने ठाउँ पनि नभएकाले कतिपय साथीहरू बाहिरै  रात कटाउने गरेको तथा पिउने पानीको अभाव हुँदा बाथरुमको पानी पिउनु बाध्य भएको उनीहरूको भनाइ छ ।

यही मेनपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका सयौँ नेपालीहरू अलपत्र अवस्थामा रहेको र आइतबार मात्र थप सात जना नेपाली त्यहाँ पुगेको पीडितहरूले बताएका छन् । आफूहरू भने अनुसारको कम्पनी तथा काम नभए बस्न नसक्ने भन्दै उनीहरूले घर फर्कने वातावरण मिलाइदिन, म्यानपावर तथा एजेन्टसँग पैसा फ्रिता गरी आफूहरूलाई न्याय दिलाइदिन विभिन्न संघसंस्था र अभियन्ताहरूलाई अनुरोध गरेका छन् ।

आफूहरूलाई तत्काल कुशल नेपाल फर्काइदिन रियादस्थित नेपाली दूतावास, श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई यसै सञ्चारमाध्यममार्फत आग्रह गरेका छन् । यता यस विषयमा पशुपति एच आर सोलुसन प्रालिका प्रतिनिधिसँग बुझ्न खासै समस्या नभएको र केही दिन भित्रमै समस्या समाधान हुने भन्दै अफिस आएर कुरा गर्न अनुरोध गरे ।

मेनपावरले उनीहरूलाई साउदी जाने बेलामा नेतागिरी गरे १० हजार रियाल तिर्नुपर्ने सिक्नेचर गराएर राखेको उनीहरुले बताएका छन् ।

त्यहाँ पुगे पछि करार अवधि नपुगी आफ्नो करणले, आफ्नो खुशी नेपाल फर्किनु परेमा, भनेको काम नजानेमा, नेतागिरी गरेमा वा काम छोडेर साउदी अरेबियाको कानुन अनुसार लाग्ने जरिवाना दस्तुर १० हजार रियाल तिर्न तयार छु लेखिएको कागजमा जबर्जस्ती हस्ताक्षर गर्न लगाएको र उक्त कागज मेनपावरले नै राखेको उनीहरूले बताएका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ३१ बजे

स्काउटका नयाँ हर्ताकर्ता थापा : पार्टी फेर्दै नियुक्ति लिँदै, लागेको थियो भिजिट भिसा दुरुपयोगको गम्भीर आरोप

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले नेपाल स्काउटको

अर्ग्यानिक उत्पादन प्रवर्द्धनका समस्या समाधान गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा उत्पादन हुने अर्ग्यानिक बस्तुको प्रवर्द्धनमा

बीमा र धितोपत्र कसूरका फरार प्रतिवादी मृगेन्द्रनाथ रिमाल पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बीमा ऐन,

सेवाग्राहीसँग घुस लिँदै गरेका कर अधिकृत पक्राउ

जनकपुरधाम– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा आन्तरिक

संक्रमणकालीन न्यायसम्बन्धी आयोग पारदर्शी रूपमा गठन गर्न द्वन्द्वपीडितको माग

काठमाडौं– विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा संक्रमणकालिन न्यायसँगसम्बन्धी आयोगहरू गठन गर्नुपर्ने