संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण « Khabarhub

संसदीय टोलीद्वारा बाढी प्रभावित बस्तीको निरीक्षण


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सांसदहरुको संसदीय टोलीले बाढी प्रभावित सिरहाका विभिन्न स्थानको निरीक्षण गरेका छन् ।

प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू नेतृत्वको संसदीय टोलीले हालैको अविरल वर्षा र बाढीबाट प्रभावित सिरहा नगरपालिका–६ बसबिट्टा, वडा नम्बर १२ सारस्वर, कल्याणपुर नगरपालिकाको इटारी प्रसाही, कर्जन्हा नगरपालिकाका बाढी प्रभावित बस्तीको निरीक्षण गरेका हुन् ।
सो क्रममा संसदीय टोलीका सदस्यहरुले बाढी पीडितहरुसँग अन्तरक्रियासमेत गरेका थिए । बाढी पीडितहरुले वर्षा र बाढीले वर्षेनी आफूहरु यस्तो समस्या भोग्दै आएको पीडा सुनाउँदै समस्या दिगो रुपमा समाधानको पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै सो टोलीले सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारी, प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदी लगायतसँग बाढीले पु¥याएको क्षति र उद्धार तथा राहत वितरणको अवस्था बारे जानकारी लिएको थियो ।

सो टोलीमा प्रतिनिधिसभा सदस्यहरु राजकिशोर यादव, डिला सङ्ग्रौला, यशोदा सुवेदी गुरुङ लगायतको सहभागिता थियो । टोलीले सिरहासहित सप्तरी, सुनसरी, मोरङ र उदयपुर गरी पाँच जिल्लाका बाढी प्रभावित स्थानको अनुगमन गर्नेछ ।

बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी राज्य व्यवस्था तथा सुशासन समितिमा प्रतिवेदन बुझाइने समितिका सदस्य तथा सांसद बडूले जानकारी दिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ८ : ०६ बजे

थाइल्यान्डका तीन प्रान्तमा एकै रात ५१ स्थानमा विस्फोट र आगजनी

बैंकक- थाइल्यान्डका दक्षिणी तीन प्रान्तमा एकै रात ५१ स्थानमा बम विस्फोट,

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ५७, विपक्षमा २२

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त

औद्योगिक फोहोर पानी निष्कासन नियन्त्रण गर्न सरकारद्वारा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौं– सरकारले जलस्रोत, वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल प्रभाव न्यूनीकरण

बडीमालिकामा फोर-जी सेवा विस्तार

काठमाडौं– धार्मिक एवं पर्यटकीय गन्तव्य बाजुराको बडीमालिका क्षेत्रमा फोर–जी सेवा

सदनबाट विपिन र अमरेशले घेरे आफ्नै सरकारलाई

काठमाडौं- बारामा तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई