पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि भियतनामसँग सिधा उडान गर्न आग्रह


३१ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँनेपाल–भियतनाम सम्बन्ध थप विस्तार तथा पर्यटन प्रवर्द्धनका लागि दुबै मुलुकबीच सिधा उडान हुनुपर्ने यस क्षेत्रका जानकारहरूको सुझाव छ । नेपाल–भियतनाम चेम्बर अफ कमर्शले नेपालका लागि समेत राजदूत रहेका न्गुयेन थान हाइको स्वागतका लागि आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले लुम्बिनी–भियतनाम सिधा उडान गर्न सके बुद्धिस्ट सर्किट विस्तारमा टेवा पुग्ने धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रममा राजदूत न्गुयेनले भियतनामीहरु नेपालको लुम्बिनी आउन इच्छुक रहेको उल्लेख गर्दै दुई देशले पर्यटन प्रवर्द्धनका लागि सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए । उनले नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनापछि द्विपक्षीय रुपमा भ्रमण आदानप्रदान हुँदै आएको बताउँदै आर्थिक समृद्धिका लागि द्विपक्षीय व्यापार, पर्यटनलगायत सम्भावनाका क्षेत्रमा सम्पर्क सञ्जाल विस्तार गर्न आवश्यक रहेको उल्लेख गरे ।

भियतनामका लागि कन्सुलरसमेत रहेका व्यवसायी राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धनका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरे । साथै उनले दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि आग्रह गरे । 

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मलहोत्रा र उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे ।

साथै उनीहरूले भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मावलम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने बताए ।

प्रकाशित मिति : ३१ श्रावण २०८०, बुधबार  ३ : २३ बजे

‘एचई उच्च शिक्षा र्‍याङ्किङ’मा काठमाडौं विश्वविद्यालय १२२औँ स्थानमा

काठमाडौं– संयुक्त राज्य अमेरिकास्थित एक संस्थाले सार्वजनिक गरेको ‘एचई उच्च शिक्षा

निलम्बित सहसचिव झलकरामसँग विशेषले माग्यो २५ लाख धरौटी

काठमाडौं – विशेष अदालतले भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणको आरोप लागेका सहसचिव

निर्वाचनमा प्रयोग नभएका चालीस प्रतिशत मतपत्र धुल्याइने

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रयोग

अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मनाइयो चैती छठ 

काठमाडौं– अस्ताउँदो सूर्यलाई अर्घ दिँदै मंगलबार चैती छठ पर्व मनाइएको

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती