काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र एकताको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।
शुभ दीपावलीका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री भट्टले दीपावली उज्यालो, उमङ्ग, आपसी सद्भाव, भाइचारा र एकताको प्रतीक भएको बताएका हुन् ।
उनले दीपावलीले अन्धकारमाथि उज्यालो, असत्यमाथि सत्य र निराशामाथि आशाको विजयको सन्देश दिने उल्लेख गरेका छन् ।
विविध जातजाति, भाषा, धर्म, संस्कृति र परम्पराले समृद्ध नेपाली समाजमा यस्ता पर्वले सामाजिक सद्भाव, सांस्कृतिक एकता र आपसी आत्मीयतालाई थप प्रगाढ बनाउँदै आएको उनको भनाइ छ ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको समृद्धि, विकास र उन्नतिका लागि सबैलाई हातेमालो गर्दै अघि बढ्न आह्वान गरेका छन् ।
उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै दीपावलीले हरेक घरपरिवारमा खुसी, शान्ति र समृद्धिको उज्यालो छर्ने विश्वाससमेत व्यक्त गरेका छन् ।














प्रतिक्रिया