गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली « Khabarhub

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली


२१ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली कांग्रेस काठमाडौँ महानगर समितिले सुकुन्दा र्‍याली आयोजना गरेको छ ।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाको उपस्थितिमा शनिबार साँझ काठमाडौँको लगन टोलबाट र्‍याली सुरु भएको हो ।

र्‍याली लगनबाट ब्रह्म टोल, वन्दे, ह्युमत, जैसीदेवल, कोहिटी, भीमसेनस्थान, काष्ठमण्डप, प्याफल, नरदेवी, किलागल, इन्द्रचोक, जुद्ध सालिक र न्युरोड गेट हुँदै तेबहाल पुगेर समापन हुने कार्यक्रम छ।

र्‍यालीमा विभिन्न सांस्कृतिक झाँकी तथा सुकुन्दा प्रदर्शन गरिएको छ । नेवार समुदायको मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले र्‍याली आयोजना गरिएको आयोजकले जनाएको छ ।

शुभ दीपावली तथा नयाँ वर्ष नेपाल संवत्को अवसरमा आयोजना गरिएको र्‍यालीले काठमाडौँको परम्परागत सांस्कृतिक पहिचान र सम्पदाको महत्वलाई उजागर गरेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८३, शनिबार  ५ : ३५ बजे

दीपावलीले सद्भाव र एकताको भावना बलियो बनाउँछ : मुख्यमन्त्री भट्ट

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दीपावली पर्वले नेपाली समाजमा

एनपिएल : काठमाण्डु गोर्खाजविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत

गगन थापाको उपस्थितिमा लगनबाट सुरु भयो सुकुन्दा र्‍याली

काठमाडौँ- शुभ दीपावली तथा नेपाल संवत् ११४७ को अवसरमा नेपाली

एनपिएलको प्रभाव : पर्यटक प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा

काठमाडौँ- नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न विश्व क्रिकेटका चर्चित खेलाडीहरू

एनपीएलमा लुम्बिनीले टस जित्यो, काठमाडौंले सुरुमा ब्याटिङ गर्दै*

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको खेलमा काठमाडौं गोर्खाजविरुद्ध