देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : सभापति देउवा « Khabarhub

देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्छ : सभापति देउवा


१ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशको विकासका लागि निजामती कर्मचारीले सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै सभापति देउवाले निजामती कर्मचारी मुलुकको स्थायी सरकार भएकाले देशको विकासका लागि सशक्त भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन् ।

उनले जनताको सेवामा निजामती कर्मचारीले बिनाअवरोधका साथ काम गर्न पाउनुपर्ने धारणा राखे । लोकतन्त्रिक संविधानअनुसार दलहरु लोकतन्त्रिक हुँदै गएको भन्दै उनले अहिलेको व्यवस्थालाई बलियो बनाउन सबै चनाखो हुनुपर्ने जिकिर गरे ।

त्यस्तै, उपप्रधान एवं रक्षामन्त्री पूर्ण बहादुर खड्काले संघीय निजामती सेवा ऐनलाई छिटै सदनमा प्रस्तुत गर्ने बताए । उनले ऐनका माध्यमबाट कर्मचारीहरुको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

उनले संघीय निजामती सेवा बनाउदा ट्रेड युनियनको अधिकारमा गम्भीर ध्यान गएको समेत बताए ।

प्रकाशित मिति : १ भदौ २०८०, शुक्रबार  ३ : ०० बजे

जनकपुरले एकै ओ‌भरमा गुमायो दुई विकेट, परेरा र अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

दसैँ बिदाका कारण हेटौँडामा रगत अभाव

बागमती– दसैँं बिदाका कारण हेटौँडामा रगतको अभाव भएको छ ।

जनकपुरले गुमायो चौथो विकेट, मोइन अली आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो तेस्रो विकेट, अनिल साह आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली