कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण | Khabarhub Khabarhub

कर्णालीको हवाई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान गरी पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । समाजले आज पत्रकार सम्मेलन गरी १० बुँदे मागसमेत सार्वजनिक गरेको छ ।

कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनुपर्ने, हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हिल्सा हुँदै चीन जानका लागि चीन सरकारसँग कूटनीतिक पहल गर्नुपर्नेलगायत माग अघि सारिएको समाजले विज्ञप्तीमार्फत जनाएको छ ।

कर्णालीका जनतासँग हवाई उडानबाहेक ‘कनेक्टिभिटी’ को अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले लगाएको भ्याटका कारण त्यहाँका जनता मारमा परेको दाबी गरिएको छ ।

“कर्णालीका नागरिकहरु जसको हवाई उडानबाहेक विकल्प नभएकाले उनीहरु बिरामी हुँदा तथा खाद्यान्न सामग्रीलगायतका ढुवानीमा पनि १३ प्रतिशत कर तिर्नुपर्ने बाध्यात्मक व्यवस्था तुरुन्त फिर्ता गर्न जरुरी छ”, विज्ञप्तिमा भनिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले कर्णालीलगायत दुर्गम क्षेत्रमा लगाएको हवाई प्रतिबन्ध फुकुवा हुनुमा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाको भनाइ छ ।

“कर्णालीका दुर्गम जिल्लामा हवाई उडान दिउँसो १२ बजेपछि बन्द गरेकामा उक्त नियम पुरानै अवस्थामा फर्काइनुपर्छ भनेर हामीले सरोकारवाला निकायसँग छलफल गरी दबाब दिएका थियौँ”, उनले भने, “क्यानले अहिले प्रतिबन्ध हटाएको छ ।”

उनले कर्णालीको पर्यटन विकासका लागि हवाई उडान क्षेत्र सुधारको आवश्यकतासमेत औँल्याए ।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  ६ : ३४ बजे

दूधपोखरीकुण्डमा जलसतह घट्दै गएकामा स्थानीयको चिन्ता

गण्डकी – लमजुुङको मस्र्याङ्दी गाउँपालिकास्थित धार्मिक महत्त्वको पर्यटकीय तीर्थस्थल दूधपोखरीकुण्डमा

आजका समाचार : संसद्‍मा रास्वपाको विरोध जारी, मनाइयो योग दिवस र तत्काल इरानले आणविक वार्ता नगर्ने

रास्वपा सांसद सदनबाट बाहिरिएपछि प्रकाशशरणले भने- लगातार उभिन गाह्रै हुन्छ

इजरायली आक्रमणबाट इरानको इस्फाहान आणविक केन्द्रमा ठूलो क्षति, तेल अभिभमा खस्यो इरानी मिसाइल

तेहरान/तेल अभिभ– इजरायलले इरानको इस्फाहान प्रान्तमा अवस्थित एक मुख्य आणविक

दश मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल सम्पन्न

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न १०

खार्पुनाथ हुम्लाको पहिलो बालश्रममुक्त पालिका घोषणा

अदानचुली – जिल्लाका सात वटा स्थानीय तहमध्ये खापुनाथ गाउँपालिका बालश्रम