उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान


१ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको उपरथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति थियो।

साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन्।

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार  १० : १३ बजे

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति

विश्व यात्रा गरेको ‘अलोका’ भिक्षुहरूसँगै नेपाल आइपुग्यो, शान्ति यात्राको प्रतीक बन्दै

काठमाडौं- कुनैबेला भारतको सडकमा बेवारिसे अवस्थामा भेटिएको एक कुकुर अहिले