बेँसीसहर–चामे सडक पुनःसञ्चालन « Khabarhub

बेँसीसहर–चामे सडक पुनःसञ्चालन


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

लमजुङ– पहिरोका कारण अवरुद्ध मनाङ र लमजुङ जोड्ने बेँसीसहर-चामे सडक पुनःसञ्चालनमा आएको छ । मनाङको नासों गाउँपालिका–१ तालडाँडामा पहिरो हटाएसँगै उक्त सडक पुनः सञ्चालनमा आएको हो । 

डुम्रे बेँसीसहर चामे सडक योजना कार्यालयका सूचना अधिकारी एवं इञ्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘केही दिनअघिको वर्षाका कारण जमिन गलेर पहिरो आएको थियो । ढुङ्गामाटो हटाएर सडक पुनःसञ्चालनमा ल्याएका छौँ ।’ सञ्चालनमा आए पनि उक्त सडकखण्डमा यात्रा जोमिखपूर्ण बन्दै गएको छ । जीर्ण सडकमा दैनिकजसो ठाउँठाउँमा पहिरो जाने क्रम रोकिएको छैन ।  

कार्यालयका इन्जिनियर सुमन अधिकारीका अनुसार मनाङलाई सडक सञ्जालसित जोड्न २०५१ सालमा सडक डिभिजन कार्यालय दमौली, तनहुँले सडक  निर्माण थालेको थियो । बीचमा निर्माणको काम रोकिएको थियो । विसं २०५७ देखि सेनाले सडक निर्माणको जिम्मा पाएको थियो । सेनाको कार्यगणले २०६९ सालमा सडक निर्माण सम्पन्न गरेसँगै सडक डिभिजन कार्यालय दमौलीलाई हस्तान्तरण गरिएको हो । 

झण्डै ६५ किमी दूरी रहेको उक्त सडकमध्ये ३५ किमी लमजुङतर्फ र ३० किमी मनाङतर्फ पर्दछ । 

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : १० बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा