कर्णालीमा बीमाबाट एक सय ८१ परिवार लाभान्वित « Khabarhub

कर्णालीमा बीमाबाट एक सय ८१ परिवार लाभान्वित


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

भेरीगङ्गा– प्राकृतिक प्रकोपका विभिन्न घटनामा परी मृत्यु भएका कर्णालीका एक सय ८१ जनाका परिवारले सामूहिक जोखिम दुर्घटना बीमाबाट करिब साढे तीन करोड रकम प्राप्त गरेका छन् । 

तीन वर्षको अवधिमा विभिन्न प्राकृतिक प्रकोपका घटनामा परी मृत्यु भएका एक सय ८१ जनाका परिवारले कर्णाली सरकारले गरिदिएको सामूहिक जोखिम दुर्घटना बीमाबाट रु तीन करोड ६२ लाख रकम प्राप्त गरेका हुन् ।

प्रकोपबाट मृत्यु भएका प्रतिपरिवारले रु दुई लाखका दरले रकम पाएको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेश सरकारले २०७६ सालमा प्रदेशका सबै नागरिकको सामूहिक दुर्घटना जोखिम बीमा गरिदिएको थियो । 

राष्ट्रिय बीमा कम्पनीसँगको सम्झौताअनुसार कर्णालीका करिब १७ लाख व्यक्तिको सामूहिक बीमा सरकारले गरिदिएको छ । एक व्यक्ति बराबर रु नौ पर्नेगरी सरकारले नै नागरिकको बीमा गरिदिएको हो । 

प्रदेशका कुनै पनि नागरिकको प्रकोप या प्राकृतिक विपद्बाट निम्तिने दुर्घटनाले मृत्यु भएमा रु दुई लाख पाउने र उक्त रकम राष्ट्रिय बीमा कम्पनीले उपलब्ध गराउने गरेको आन्तरिक मामिला मन्त्रालयका विपद् व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर रोकायले जानकारी दिए। 

उनका अनुसार आव २०७७-७८ मा विभिन्न प्राकृतिक प्रकोपमा परी मृत्यु भएका ५९ जनाका परिवारले बीमा रकम पाएका छन् भने आव २०७८-७९ मा ५८ जनाका परिवारले बीमा रकम पाएका छन् । त्यसैगरी आव २०७९-८० मा ६४ जनाका परिवारलाई सामूहिक दुर्घटना बीमाबाट रकम दिइएको रोकायले जानकारी दिए ।  

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : १९ बजे

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’

सरकार धार्मिक एवं प्राकृतिक सम्पदा संरक्षणमा प्रतिबद्ध छ : मन्त्री पौडेल

महोत्तरी– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सरकार धार्मिक

सरकारसँग सुस्मिताको गुहार : मेरो नागरिकता फिर्ता दिएर गरिखान देऊ

उर्लाबारी, मोरङ – ‘मेरो आफ्नै सक्कली नागरिकता हातमा भइदिएको भए

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा