‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै | Khabarhub Khabarhub

‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण हुँदै


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबले शनिबार पत्रकार सम्मेलन गरी आउँदो असोज १९ गतेदेखि १६ दिन उक्त मेलाको आयोजना गर्न लागिएको जनाएको छ ।

सम्मेलनमा जिल्लाको सुन्दर नगरी बनेपामा आन्तरिक पर्यटनलाई आकर्षित गर्ने, विभिन्न कृषि, धार्मिक, सांस्कृतिक, औद्योगिक, हस्तकला प्रवर्द्धन, खेलकुद विकास गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागिएको जानकारी दिइयो ।

क्लबका अध्यक्ष महेश कर्माचार्यले मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण भएको उल्लेख गर्दै मेलामा कृषि, घरेलु सामग्रीलगायतका एक सय प्रदर्शनी कक्ष रहने बताए ।

यस्तै मेलामा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यानको व्यवस्थापन गरी मेला अवधिभर प्रत्येक दिन राष्ट्रिय कलाकारको सहभागिता गराई सांस्कृतिका कार्यक्रमसमेत गरिने जनाइएको छ ।

मेलामा महिला भलिबल, खुल्ला नृत्य तथा गायन, मार्सल आर्ट तथा ऐतिहासिक बनेपासम्बन्धी चित्रकला प्रतियोगिता सञ्चालन गरिने उनले जानकारी दिए ।

यसैगरी मेलामा स्थानीय कला, संस्कृति झल्कने झाँकी प्रदर्शन, बाजागाजा, मौलिक नाच प्रदर्शन गरिने छ । मेला सम्पन्न गर्न विभिन्न समिति निर्माण गरिएको आयोजकले जनाएका छन् ।

यसअघि गत वर्ष माघमा बनेपाको ऐतिहासिकतालाई महत्व दिने उद्देश्यले सांस्कृतिक महोत्सवको आयोजना गरिएको थियो । यहाँका दरबार चोक र मन्दिरका आ–आफ्नै महत्व रहेको तथा यी सम्पदा प्रचार अभावले ओझेलमा परेकाले देश–विदेशमा चिनाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको थियो ।

प्राचीन सहर बनेपामा घाम र हावाको सन्तुलन मिलाउन ठाउँ–ठाउँमा (चोक), पानीको व्यवस्था मिलाउन ढुङ्गेधारा र इनार, सांस्कृतिक कार्यक्रम गर्न तथा नाटक देखाउन डबली छन् । बनेपा नौ ढुङ्गेधारा, नौ चोक, नौ डबली र ९९ इनार भएको सहर हो ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ८ : ३८ बजे

आइपिएलमा आज मुम्बई र लखनउ खेल्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुदै

महानगरले माग्यो नीति तथा कार्यक्रमका लागि सुझाव

काठमाडौं– काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम

कराँतेमा नेपाल किन कमजोर ?

काठमाडौं- क्रिकेटमा नेपाली खेलाडीहरुले विश्वमा राम्रो छवि बनाउन सफल भएता

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते विश्वासको

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक बस्दैछ। बैठक दिउँसो सवा १