एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी « Khabarhub

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक जारी


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बसिरहेको छ। पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा जारी बैठकमा वर्तमान राष्ट्रिय परिस्थितिबारे छलफल भइरहेको छ ।

भोलिसम्म चल्ने बैठकमा संगठन सुदृढीकरणको रिपोर्टिङ, पार्टीका सैद्धान्तिक तथा वैचारिक सवाल र पार्टीको संगठनात्मक अवस्थाबारे छलफल हुने बताइएको छ । त्यस्तै पार्टीमा देखा परेको आन्तरिक समस्या र आगामी कार्ययोजना पनि बैठकको कार्यसूचीमा रूपमा रहेका छन्।

बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामर्थ्य  विस्तारका लागि आवश्यक रणनीति, सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजना, समसामयिक परिस्थिति र राजनीतिक प्रतिवेदनलगायत विविध विषयमा छलफल हुने पार्टी महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा धारणा राख्ने पोलिट्ब्युरो सदस्यलाई नेतृत्वलाई रचनात्मक सुझाव दिन पनि भनिएको  छ।

पार्टीको असार २९ देखि साउन ५ गतेसम्म चलेको सचिवालय बैठकले पार्टीको राजनीतिक कार्यदिशाका रूपमा जनताको बहुदलीय जनवादको सान्दर्भिकता रहेको र यसलाई समाजवादी आन्दोलनको रूपमा विकास गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  १ : ०५ बजे

रवि लामिछाने र बालेन शाहबीच भेटवार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं

देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँः भीम रावल

कञ्चनपुर – नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार

सिरहा – यहाँको लहान नगरपालिका क्षेत्रमा सुरक्षित खानेपानीको पहुँच विस्तार

क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौता योग्य नहुने इरानको जवाफ

तेहरान – इरानले सोमबार आफ्नो क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक प्रकृतिको भएको