पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट « Khabarhub

पचरौताकी उपप्रमुख खातुनसहित परिवारमाथि कुटपिट


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

बारा– बारा पचरौता नगरपालिकाकी उपप्रमुख नसिमा खातुनको घरमा शनिबार राति एक समूहले आक्रमण गरेका छन् । बैरियास्थित घरमा करिब ८ बजे आएको एक समूहले उपप्रमुख खातुन, उनका पति नेवाजी अंसारीसहित परिवारमाथि आक्रमण गरेका हुन् ।

आक्रमणबाट उपप्रमुख खातुन, उनका पति अंसारीसहित परिवारका सदस्य घाइते भएका छन् । घाइतेको गण्डकस्थित न्युरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । 

घरमा बसिरहेका बेला पचरौता नगरपालिका-२ का वडाध्यक्ष मनोज यादवसहित जसपाका कार्यकर्ताले उपप्रमुख र परिवारका सदस्यमाथि आक्रमण गरेको स्थानीयले बताएका छन् । आक्रमणसँगै उक्त समूहले उपप्रमुखको घरमा लुटपाट समेत गरेको स्थानीयले बताएका छन् ।

घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उपप्रमुखको घरमा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा घरका दराज, बाक्सा र सामान फालिएको अवस्थामा थियो । उक्त समूहले यसअघि पनि उपप्रमुखको घरमा आक्रमण गर्दै आएको र प्रहरीमा उजुरी दिँदा दर्ता नगरिएको स्थानीयको भनाइ छ ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले घटनाबारे आफूले पनि जानकारी पाएको र प्रहरी परिचालन गरिएको बताए । पुरानो विषयलाई लिएर जसपाका कार्यकर्ताले उपप्रमुखको घरमा गएर कुटपिट गर्दा दोहोरो झडप भएको र झडपका क्रममा दुवै पक्ष घाईते भएको जानकारी आफूले पाएको प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

प्रहरी उपरीक्षक बोगटीले घटनास्थलको स्थिति अहिले सामान्य रहेको र दुवै पक्षका घाइतेको उपचार भइरहेको बताए । बोगटीले थप झडप हुन नदिन प्रहरी परिचालन गरिएको र घटनाको विषयमा आफूले बुझिरहेको बताए ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ४ : ५९ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा