५ सय किलो पटाकासहित एक जना पक्राउ « Khabarhub

५ सय किलो पटाकासहित एक जना पक्राउ


३ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ सय किलोग्रामभन्दा बढी पटाकासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया घर भइ हाल ललितपुरको सानेपा बस्ने २८ वर्षीय जितेन्द्र कुमार जैसवाल रहेका छन् ।

केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटका, भुइचम्पालगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरू ल्याई भण्डारण गरेर कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई शनिबार ललितपुरको कुपण्डोल कानदेवतास्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई विष्फोटक पदार्थसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ६ : २५ बजे

लामो यात्रामा निस्केका भौतिक मन्त्रीलाई बैतडी पुगेपछि भाइरल ज्वरो, हेलिकोप्टर झिकाइँदै

धनगढी- सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री सुनिल लम्साल

निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउनेगरी विद्युत् विधेयक ल्याउन इप्पानको माग

काठमाडौं– निजी क्षेत्रलाई ऊर्जा क्षेत्रको पूर्ण साझेदार बनाउनेगरी नयाँ विद्युत्

चर्चाका रिल जोडी

काठमाडौं – पर्दामा मिठो केमेस्ट्रीले गर्दा नायक–नायिका वास्तविक जोडीका रुपमा

भारतीय सेना प्रमुख काठमाडौंमा (तस्बिरहरू)

काठमाडौं– भारतीय सेनाका प्रमुख धिरज सेठ नेपालको चारदिने भ्रमणको सिलसिलामा

‘नालायक’बाट शासित मुलुक ‘लफङ्गा’को हातमा पुगेको कुरा चार महिनामै पुष्टि भयो’

काठमाडौं- नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष तथा पूर्वमन्त्री घनश्याम भूसालले मुलुक