५ सय किलो पटाकासहित एक जना पक्राउ « Khabarhub

५ सय किलो पटाकासहित एक जना पक्राउ


३ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


672
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ५ सय किलोग्रामभन्दा बढी पटाकासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाराको कलैया घर भइ हाल ललितपुरको सानेपा बस्ने २८ वर्षीय जितेन्द्र कुमार जैसवाल रहेका छन् ।

केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट पटका, भुइचम्पालगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरू ल्याई भण्डारण गरेर कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

उनलाई शनिबार ललितपुरको कुपण्डोल कानदेवतास्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई विष्फोटक पदार्थसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुरमा पठाइएको छ ।

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  ६ : २५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको