एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै  « Khabarhub

एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दै 


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज पनि बस्दैछ । हिजोबाट सुरु बैठक पार्टी केन्द्रीय कार्यालय आलोक नगरमा बिहान ११ बजे बस्नेछ ।

यसअघि तय भएका ७ एजेण्डामाथि हिजोको बैठकमा २६ जना पोलिटब्युरो सदस्यले धारणा राखेका थिए । हिजो उमेश डाँगी, कृष्ण पन्त, कृष्ण खनाल, गणेश बिके, गणेश काङवाङ, चिरञ्जिवी आचार्य, दिलु पन्त, धर्म निरौला, निरा जैरु, बसन्त मानन्धरलगायतले धारणा राखेका थिए ।

हिजोको बैठकमा बोल्दै अध्यक्ष माधव कुमार नेपालले अगाडि आइपर्ने सबै खालका गम्भीर चुनौतीको सामना गर्न तयार भएर आफूहरूले नयाँ पार्टी बनाएको बताउँदै यो पार्टी नै कम्युनिस्टमा सबैभन्दा उत्तम विकल्प भएको बताए ।

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गर्न आफूहरू प्रतिबद्ध रहेको पनि बताए । सबैखालको भ्रष्टाचारको छानबिन हुनुपर्नेमा जोड दिँदै उनले सरकारले गरेको कामको प्रशंसा पनि गरे ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ७ : १० बजे

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

आईपीएलः हैदरावादमाथि ८२ रनको जित निकाल्दै गुजरात शीर्ष स्थानमा

काठमाडौँ – गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को