सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाँइदै « Khabarhub

सुदूरपश्चिममा गौरापर्व शुरु, आज बिरुडा भिजाँइदै


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

बैतडी– सुदूरपश्चिमेलीहरुको मुख्य पर्व गौरा सुरु भएको छ । केही ठाउँमा आजदेखि गौरापर्व शुरु गरिएको छ भने केही ठाउँमा भदौ १८ गतेदेखि गौरा पर्व शुरु हुने भएको छ । गौरापर्व भाद्र शुक्ल अथवा कृष्ण पक्षमा पर्ने भन्दै यहाँका अधिकांश ज्योतिषहरुले पञ्चाङ्ग निर्णायक विकास समितिले गौराका लागि तय गरेको तिथीप्रति असनतुष्टी जनाएका छन् । 

पौराणिक कालमा भगवान  महेश्वरको प्राप्तिका लागि गौरा देवी अर्थात पार्वतीले निराहार नित्य आराधना गरि भगवान शिवलाई पतिको रुपमा प्राप्ति भएको विश्वास गरिन्छ । त्यति बेलादेखि गौरा र महेश्वरको विवाहको सम्झना स्वरुप यो पर्व मनाउने परम्परा चल्दै आएको छ । 

गौरा पर्वको पहिलो दिन महिलाहरूले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन् । व्रतालु महिलाहरूले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको छ ।  यो पर्वमा खास गरेर विवाहित महिलाहरूले व्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन् ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  १ : ५५ बजे

देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

१५ जनामा औलो रोगको सङ्क्रमण

चितवन– गत आर्थिक वर्षमा चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका

बेनी–जोमसोम–कोरला सडक : नौ वर्षमा आठ अर्ब ९६ करोड खर्च

मुस्ताङ– चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि

आज शनिबार शनिदेवसहित पिपलको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल साउन ३० गते शनिबार सन् २०२६

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर