ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान « Khabarhub

ललिता निवास प्रकरण : पूर्वमन्त्री जोशीसँग सीआईबीले लियो बयान


४ भाद्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बालुवाटारस्थित ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले तत्कालीन भूमिसुधार मन्त्री चन्द्रदेव जोशीसँग बयान लिएको छ । सीआईबीले सोमबार साँझ आफूसँग बयान लिएको जोशीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।

‘अन्ततः बोझबाट हलुका भएको छु। सीआईबीसमक्ष बयान दिएर अइयो। सीआईबीलाई धन्यवाद । ललिता निवास काण्डको सम्बन्धमा मेरो भनाई सार्वजनिक नै छ। चाहिएको बेला आवश्यक सहयोगको लागि तत्पर छु’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

जोशी सोमबार बिहान बयान दिनका लागि सीआईबीको कार्यालयमा आफैं पुगेका थिए। जोशीलाई बिहान फाइल गइसकेको भन्दै फर्काइएको थियो ।

ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजाने गरी मन्त्रिपरिषद्‌बाट भएका निर्णयमा संलग्न भएकामाथि सीआईबीले बयान लिइरहेको छ । अब पूर्वमन्त्रीद्वय विजयकुमार गच्छदार र डम्बर श्रेष्ठको बयान गराउन बाँकी छ।

प्रकाशित मिति : ४ भाद्र २०८०, सोमबार  ८ : २४ बजे

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय

गृह जिल्ला पुगेका ओलीले भने- नेतृत्व फेर्ने होइन, पार्टी जागरण गराउने हो

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृह जिल्ला झापा