वर र पिपल किन सँगै रोपिन्छ ? | Khabarhub Khabarhub

वर र पिपल किन सँगै रोपिन्छ ?


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

वर र पिपल हामी सबैले देखेका छौँ । यी दुई जहिले पनि एकै ठाउँमा दायाँ र बायाँ बनाएर रोपिएको पाइन्छ । चौतारो होस् वा मठमन्दिर या सार्वजनिक स्थल हामीले वर र पिपल सँगसँगै रहेको देखेका छौँ । विशेष गरी पिपललाई दायाँ र वरलाई बायाँ पारेर रोपिएको देखिन्छ ।

कुनै ठाउँमा वर वा पिपल एउटा मात्र देखियो भने हाम्रो मनमा प्रश्न उठ्ने गर्छ– किन एउटा मात्रै होला भनेर ! त्यसैले आज हामी तपाईँलाई यसबारेमा जानकारी गराउँदै छौँ ।

के तपाईँलाई थाहा छ वर र पिपल सँगसँगै रोपिन्छ ? हिन्दु धर्म संस्कृतिमा वरको बोटलाई दीर्घजीवी र पूज्य मानिएको छ भने पिपललाई अत्यन्तै शुभ वृक्ष मानिन्छ । 

पद्म पुराण अनुसार पीपललाई भगवान् विष्णुको अर्को रूप मानिन्छ । यसै कारण पिपललाई वृक्षराज अर्थात् रुखहरूको राजा समेत भन्ने गरिन्छ ।  धर्मशास्त्रमा पिपलको रुखमा शनिको बास हुने भएकाले शनिबारको दिन जल चढाउँदा वा छुँदामात्र पनि यसको सकारात्मक प्रभाव पर्ने उल्लेख छ ।

शनिबारको दिन पिपलको बोटमा पानी चढाउँदा मनोकामना पूर्ति हुने, शत्रुको नास हुने, सुख शान्ति, सम्पत्ति, धनधान्य, ऐश्वर्य, सन्तान सुखको पनि प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ र शनिवारको दिन पीपलको पूजा गर्दा जीवनमा आई लागेका सबै दुःख, समस्या हरण हुने जनविश्वास छ ।

यस्तै, वरको बोटको जरामा पूजा गर्नाले फल प्राप्त हुने जनविश्वास छ । धर्मग्रन्थमा यी दुवै वृक्षको पूजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ ।

सामान्य भाषामा हामी वर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती भनेर बुझ्न सक्छौँ । यी तीनै वृक्षलाई त्रिदेवको नामले चिनिने भएकाले पनि वर पिपल र स्वामी सँगसँगै रोप्ने परम्परा छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

उद्योगीलाई किन भू–सामन्त बनाउन खोज्दैछन् दल ?

काठमाडौँ – सामन्ती व्यवस्था अन्त्यका निम्ति भन्दै पटकपटक आन्दोलन र

दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण

दार्चुला – हिमाली जिल्ला दार्चुलामा दुई जनामा डेङ्गु सङ्क्रमण पुष्टि

कोरिया पठाइदिने भन्दै रु एक करोडभन्दा बढी ठगी गर्ने पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै रु

चोरीका स्कुटर प्रयोग गरी चोरी र लुटपाट, छ जना पक्राउ

काठमाडौं – काठमाडौं जिल्लाका विभिन्न स्थानबाट चोरिएका स्कुटर प्रयोग गरी

मन्त्री पालको सचिवालयले भन्यो : खगेन्द्रको स्टाटस कपोकल्पित हो

काठमाडाैं – सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्र बहादुर पालविरुद्ध