वर र पिपल किन सँगै रोपिन्छ ? « Khabarhub

वर र पिपल किन सँगै रोपिन्छ ?


५ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.7k
Shares
  • change font
  • change font
  • change font

वर र पिपल हामी सबैले देखेका छौँ । यी दुई जहिले पनि एकै ठाउँमा दायाँ र बायाँ बनाएर रोपिएको पाइन्छ । चौतारो होस् वा मठमन्दिर या सार्वजनिक स्थल हामीले वर र पिपल सँगसँगै रहेको देखेका छौँ । विशेष गरी पिपललाई दायाँ र वरलाई बायाँ पारेर रोपिएको देखिन्छ ।

कुनै ठाउँमा वर वा पिपल एउटा मात्र देखियो भने हाम्रो मनमा प्रश्न उठ्ने गर्छ– किन एउटा मात्रै होला भनेर ! त्यसैले आज हामी तपाईँलाई यसबारेमा जानकारी गराउँदै छौँ ।

के तपाईँलाई थाहा छ वर र पिपल सँगसँगै रोपिन्छ ? हिन्दु धर्म संस्कृतिमा वरको बोटलाई दीर्घजीवी र पूज्य मानिएको छ भने पिपललाई अत्यन्तै शुभ वृक्ष मानिन्छ । 

पद्म पुराण अनुसार पीपललाई भगवान् विष्णुको अर्को रूप मानिन्छ । यसै कारण पिपललाई वृक्षराज अर्थात् रुखहरूको राजा समेत भन्ने गरिन्छ ।  धर्मशास्त्रमा पिपलको रुखमा शनिको बास हुने भएकाले शनिबारको दिन जल चढाउँदा वा छुँदामात्र पनि यसको सकारात्मक प्रभाव पर्ने उल्लेख छ ।

शनिबारको दिन पिपलको बोटमा पानी चढाउँदा मनोकामना पूर्ति हुने, शत्रुको नास हुने, सुख शान्ति, सम्पत्ति, धनधान्य, ऐश्वर्य, सन्तान सुखको पनि प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता छ ।

यसको पूजाले ग्रह दोषको पनि निवारण हुन्छ र शनिवारको दिन पीपलको पूजा गर्दा जीवनमा आई लागेका सबै दुःख, समस्या हरण हुने जनविश्वास छ ।

यस्तै, वरको बोटको जरामा पूजा गर्नाले फल प्राप्त हुने जनविश्वास छ । धर्मग्रन्थमा यी दुवै वृक्षको पूजा गर्नाले सन्तान प्राप्ति हुने कुरा उल्लेख गरेको पाइन्छ ।

सामान्य भाषामा हामी वर भनेको लक्ष्मी, पिपल भनेको विष्णु र स्वामी भनेको लोकन्ती भनेर बुझ्न सक्छौँ । यी तीनै वृक्षलाई त्रिदेवको नामले चिनिने भएकाले पनि वर पिपल र स्वामी सँगसँगै रोप्ने परम्परा छ ।

प्रकाशित मिति : ५ भाद्र २०८०, मंगलबार  ७ : ०८ बजे

इतरको भेला उद्घाटनमा गएका पूर्णबहादुर समापनमा किन भए गयल ?

काठमाडौं- नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेला समापनका दिन

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली– कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो पीडित

राप्रपाको नवलपरासी जिल्ला अध्यक्षमा रामभवन यादव, नागार्जुनमा महेश रिमाल

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला

देउवा समूहको सम्मेलन : ५ प्रतिवेदन परिमार्जनसहित पारित

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा भएको राष्ट्रिय भेलाबाट

कांग्रेस संस्थापन इतरको राष्ट्रिय भेला : पाँच प्रतिवेदन पारित, महाधिवेशनको जिम्मा शशांकलाई

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले राजधानीमा आयोजना गरेको राष्ट्रिय